दाङ, २३ पौष । दाङमा हत्याका घटनाहरू बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष ०७७र०७८ देखि हालसम्म दाङमा ५३ जनाको हत्या भएको छ । प्रहरीको तथ्याङ्कअनुसार पुस २० गतेसम्म दाङमा ५३ जनाको हत्या भएको छ ।चालु आर्थिक वर्ष ०८०र०८१ को पुस २० गतेसम्म आठजनाको हत्या भएको छ । जसमा धारिलो हतियारको प्रयोगबाट दुई, गोली प्रहारबाट दुई, कुटपिटबाट दुई र अन्य दुई गरी आठजनाको हत्या भएको छ । हत्यामा संलग्न १४ जना प्रतिवादी पक्राउ परेका छन् । जसमा चारजना महिला र १० जना पुरूष रहेका छन् ।यस्तै आर्थिक वर्ष ०७९र०८० मा नौजनाको हत्या भएको छ । प्रहरीको तथ्याङ्कअनुसार धारिलो हतियारको प्रयोगबाट तीन, घाँटी थिची एक, डोरीले बाँधेर कसेर एक, कुटपिटबाट दुई, धकेलेर एक र अन्य एक गरी नौजनाको हत्या भएको छ । हत्यामा संलग्न १५ जना प्रतिवादी पक्राउ परेका छन् । जसमा तीनजना महिला र १२ जना पुरूष रहेका छन् । यस्तै आर्थिक वर्ष ०७८र०७९ मा १७ जनाको हत्या भएको छ । प्रहरीका अनुसार धारिलो हतियारको प्रयोगबाट चार, गोली प्रहारबाट एक, घाँटी थिची दुई, कुटपिटबाट ६, विष खुवाएर एक, धकेलेर दुई र अन्य एक गरी १७ जनाको हत्या भएको छ । हत्यामा संलग्न ४२ जना प्रतिवादी पक्राउ परेका छन् । जसमा ११ जना महिला र ३१ जना पुरूष रहेका छन् ।यस्तै आर्थिक वर्ष ०७७र०७८ मा १९ जनाको हत्या भएको छ । प्रहरीका अनुसार धारिलो हतियारको प्रयोगबाट एक, गोली प्रहारबाट तीन, कुटपिटबाट १०, ढुंगा, मुढा, लाठी प्रयोग गरी दुई, धकेलेर एक र अन्य दुई गरी १९ जनाको हत्या भएको छ । हत्यामा संलग्न ५० जना प्रतिवादी पक्राउ परेका छन् । जसमा एकजना महिला र ४९ जना पुरूष रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी जनक बहादुर मल्लले दाङमा पछिल्लो समयमा नियोजित रूपमा गरिने हत्या बढिरहेको बताउनु भयो। प्रमुख डिएसपी मल्लले आवेगको रिस, मानसिक रूपमा बिचलन भएको, चोरी सिकारी गर्दा झुक्किएर हत्या हुने गरेको पनि बताउनुभयो । त्यति मात्रै नभएर दाङमा गोली लागेर धेरैको हत्या भएको पाइएको प्रमुख मल्लको भनाइ छ । अवैध रूपमा भित्रिएका भरूवा बन्दुकहरू घरमा नराखेर जङ्गलमा राख्नाले पनि यस्तो घटना घटेको छ । यसलाई नियन्त्रण गर्नको लागि स्थानीय तहसँग समन्वय गरेर संकलन गर्ने उहाँले बताउनु भयो । यस्तै मादकपदार्थ सेवन, लागूऔषध दुव्र्यसनीले पनि हत्याका घटनाहरू भएको उनले बताए । यसलाई नियन्त्रण गर्नको लागि स्थानीय तहको सहकार्यमा टोलमा गएर सचेतना कार्यक्रमहरू गर्दै गएको उहाँको भनाइ छ । तर पनि नियन्त्रण हुन सकेको छैन । अब यसलाई थप प्रभावकारी रूपमा अघि बढाउने बताउनुभयो ।।आजको प्रदेश टुडे दैनिक पत्रिकाबाट साभार गरिएको हो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।