२०८२ माघ ११ गते आइतवार

तुलसीपुरमा प्यारा टेवलटेनिस प्रतियोगिता हुँदै

तुलसीपुर, २२ चैत्र ।

तुलसीपुरमा जिल्ला स्थरीय अपाङ्ग (प्यारा) टेवलटेनिस प्रतियोगिता हुने भएको छ । यो प्रतियोगिता दाङमा पहिलो पटक हुन लागेको हो ।
शुक्रबार विहान (भोली) देखि तुलसीपुर स्थित आफनै भवनमा जिल्ला स्थरीय अपाङ्ग (प्यारा) टेवलटेनिस प्रतियोगिता संचालन
हुन लागेको दाङ जिल्ला टेबलटेनिस संघका प्रशिक्षक केशव श्रेष्ठले जानकारी दिनुभयो ।प्रशिक्षक श्रेष्ठका अनुसार ह्वील चियर र स्ट्याण्डीङ फरक फरक विधाका विचमा हुने छ ।

प्रतियोगितामा २१ जना खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिता अखिल नेपाल टेवल टेनिस संघको सहयोग तथा युनाईटेड नेशन र आई टी.टीको सयुक्त प्रायोजनमा हुन लागेको हो ।

 

प्रकाशित मिति : २०७४ चैत्र २२ गते बिहिवार
प्रतिक्रिया