तुलसीपुर, १४ असोज । तुलसीपुरमा अटो र टयाक्टर ठोक्कीदा दंगीशरणका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा अटोमा सवार दंगिशरण गाउँपालिका ६ राजपुर निवासी ४० वर्षिय हेमन्त वली, सोही ठाँउका ७ वर्षीय विशाल वली, ३७ वर्षीया कृष्ण डाँगी, ६० वर्षीया डोटी वली र अटो चालक सोही ठाँउका ४० वर्षीय टोप बहादुर भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभएको छ ।
प्रहरीका अनसार पश्चिमबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह ५८१८ नंम्बरको अटो र अश्वार पेट्रोल पम्पमा तेल हालेर निस्कदै गरेको रा १ त २५८४ नम्बरको बालुवा लोड गरेको ट्याक्टर ठोक्किदा दुर्घटना भएको हो । दुबै सवारी साधनसहित ट्याक्टर चालक तुलसीपुर ५ का २१ वर्षीय शोभाराम चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।