तुलसीपुर, १२ असोज । तुलसीपुर उपमहानगरपालिका –१ दमारगाउँमा रहेको धारापानी प्राथमिक विद्यालयका बालबालिकालाई एक लाख बराबरको शैक्षिक सामग्री वितरण गरिएको छ । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका ७० जना बालबालिकालाई ब्याग , कापी, पेन्सिल, इलेजर र डटपेन वितरण गर्नु भएको हो ।
तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र भएर पनि भौगोलिक दृष्टिकोणले अति बिकट मानिने उक्त विद्यालयमा रहेका बालबालिकालाई पठनपाठनमा सहजता होस भन्ने उद्देश्यले सहयोग गरेको अध्यक्ष घर्तीले बताउनुभयो । सो अवसरमा प्रमुख अथिति तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले कोरोना महामारी, बाढिपहिरो, आगलागी लगायत आपत विपत्मा परेका नागरिकलाई कुनै न कुनै प्रकारले सहयोग गर्दै आउनु भएका घर्तीले गरिब तथा विपन्न वर्गका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेर प्रशंसनिय काम गरेको बताउनुभयो ।
तुलसीपुर उपमहानगरलाई शैक्षिक हवका रुपमा विकास गर्न ठोस योजना बनाएर उपमहानगर अघि बढेको बताउँदै मेयर खड्काले यस क्षेत्रको समग्र विकासका लागि टोपबहादुर घर्ती जस्ता सयौँ सहयोगी हातहरुको आवश्यकता रहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका –१ का वडा अध्यक्ष हुमाकान्त सापकोटा, तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य गौरी नेपाली, वडा सदस्य मेघराज सोनी, विद्यालयकी शिक्षिका धनीकुमारी पुन लगायतले बोल्नु भएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।