तुलसीपुर, २५ भदौ । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सपकोटालाई पक्राउ गरेको छ । विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा स्रोत नखुलेको २६ लाख रुपैयाँ फेला परेपछि बिहान ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।
सापकोटा बिहान ८ : ४५ बजेको श्री एयरको उडानमार्फत २६ लाख रुपैयाँ लिएर काठमाडौं जाँनलाग्नु भएको थियो । सापकोटासँगै रहेका अर्का एक जना व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार