तुलसीपुर,२ साउन । इलाका प्रशासन कार्यालय तुलसीपुरमा राष्ट्रिय परिचय पत्र बनाउने संख्या धेरै रहेको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/०८० को एक वर्षको अवधिमा ७ हजार ७ सय ३७ जना महिला र १३ हजार ४ सय १६ जना पुरुष गरी २१ हजार १ सय ५३ जनाले राष्ट्रिय परिचय पत्र बनाएका छन् भने आर्थिक वर्ष ०७८/०७९ मा ५ हजार ८ सय ६ जना महिला र ९ हजार २ सय ६२ जना पुरुष गरी जम्मा १५ हजार ६८ जनाले राष्ट्रिय परिचय पत्र बनाएका थिए ।
गत आर्थिक वर्ष २०७९/०८० को एक वर्षमा १७ हजार ९ सय ६८ जनाले नागरिकता लिएको इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञ बहादुर बुढाले जानकारी दिनु भएको छ । ४ हजार २ सय ९२ महिला र ३ हजार ७ सय ४३ जना पुरुष गरी ८ हजार २ सय ३५ जनाले नयाँ नागरिकता प्राप्त गरेका छन् भने ९ हजार ७ सय ३३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । दलित, जनजाती, मधेशी नामथर आदि फरक भएको प्रमाणित गराउने १ हजार ४ सय २१ जना ,९७ महिला र ९९ पुरुष गरी १ सय ९६ जनाले नावालक प्रमाण पत्र लिएका छन् । अभिलेख माग भिडान गराउनेको संख्या १ हजार ४ सय ६५ , ३ हजार ९ सय ९४ जना महिला र ८ हजार १ सय ४२ जना पुरुष गरी १२ हजार १ सय ३६ जनाले राहदानी लिएका छन् ।
आर्थिक वर्ष २०७८/०७९ मा ५ हजार ७ सय ६१ महिला र ४ हजार ९ सय ६२ जना पुरुष गरी १० हजार ७ सय २३ जनाले नयाँ नागरिकता लिएका थिए भने ५ हजार ७४ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । दलित, जनजाती, मधेशी नामथर आदि फरक भएको प्रमाणित गराउने २ हजार १ सय १ जना , नावालक प्रमाण पत्र लिने ६४ महिला र ५५ पुरुष गरी १ सय १९ जना ,अभिलेख माग भिडान गराउने १ हजार ७ सय ३७ , २ हजार १ सय ५३ जना महिला र ४ हजार ६ सय २७ जना पुरुष गरी ६ हजार ७ सय ८० जनाले राहदानी लिएका थिए ।
राजस्वमा पनि वृद्धि
कार्यालयका प्रमुख बुढाका अनुसार अघिल्लो आर्थिक वर्ष भन्दा वितेको आर्थिक वर्षमा राजस्व पनि बढेको छ । वितेको आर्थिक वर्ष २०७९/०८० मा ६ करोड, ८८ लाख ४४ हजार ९ सय २० राजस्व संकलन भएको छ । राहदानी शुल्क ६ करोड, ८३ लाख ३ हजार १ सय ७०, प्रशासनिक दण्ड जरिवाना र जफत शुल्क ४६ हजार २ सय ५० , हातहतियारको इजाजत नविकरण दस्तुर ५६ हजार ६७ सय ५०, सरकारी सम्पतिको विक्तबाट प्राप्त रकम १७ हजार ५ सय र अन्य प्रशासनिक सेवा शुल्क ५ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड, ३६ लाख ९९ हजार ९ सय राजस्व संकलन गरेको थियो । राहदानी शुल्क ३ करोड, ३६ लाख ३० हजार, प्रशासनिक दण्ड जरिवाना र जफत शुल्क ४ हजार २ सय, हातहतियारको इजाजत नविकरण दस्तुर २७ हजार ६ सय र अन्य प्रशासनिक सेवा शुल्क ३ सय रुपैयाँ राजस्व संकलन गरेको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।