२०८३ मङ्सिर १० गते बिहिवार

खाद्य व्यवस्था तुलसीपुरबाट खाद्यान्न बिक्री बढे पनि स्थानिय उपभोक्ता बेखबर

तुलसीपुर, २३ असार । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरबाट खाद्यान्न बिक्री गत वर्ष भन्दा यस वर्षमा वृद्धि भएको छ ।
गत आर्थिक बर्ष २०७८÷०७९ मा १ सय क्वीन्टल चामल विक्री भएकोमा यस आर्थिक बर्ष २०७९÷०८० वर्षको असार १९ गतेसम्म ३ सय क्वीन्टल चामल विक्री वितरण गरिएको शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिएका छन् ।
आर्थिक बर्ष २०७९÷०८० मा १३ हजार १ सय ३७ क्वीन्टल चामल प्राप्त भएकोमा १४ हजार ५ सय ३४ क्वीन्टल चामल नेपालगञ्ज कर्णाली प्रदेशका रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, डोल्पा निर्यात गरिएको शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारल ेबताए ।
लुम्बिनी प्रदेशको मुख्य कार्यालय भैरहवाबाट ५ सय क्वीन्टल कोटा रहेको १ सय ८३ क्वीन्टल, लहानबाट ५ हजार २ सय ५० क्वीन्टल, विरगञ्जबाट ३ हजार ८ सय २३ दशमलव ७० क्वीन्टल र नेपालञ्जबाट ३ हजार ८ सय ८० दशमलव ९५ क्वीन्टल गरी १३ हजार १ सय ३७ क्वीन्टल चामल आयात भएको छ ।
कार्यालय प्रमुख सुनारका अनुसार तुलसीपुरबाट रुकुमपश्चिमको मुसिकोटमा ३ हजार ३ सय ५९ दशमलव ६५ क्वीन्टल, रुकुमपूर्वको रुकुमकोटमा १ हजार ६ सय ३ दशमलव १५ क्वीन्टल, शाखा कार्यालय जाजरकोटमा २ हजार ५ सय ७३ दशमलव ९० क्वीन्टल , डोल्पाको शाखा कार्यालय जूफालमा एक हजार २० दशमलव ७० क्वीन्टल, डिपो कार्यालय दुनैमा १ हजार ७ सय ९० दशमलव ४० क्वीन्टल , लिकुमा ३ हजार ४ सय दशमलव २ क्वीन्टल , सर्मिमा ३ हजार ७ सय ११ दशमलव ३० क्वीन्टल, नेपालञ्जमा १ सय ३५ दशमलव ३० क्वीन्टल चामल पठाइएको छ । यस्तै कारागारहरुमा पनि चामल पठाउने गरेको छ । तुलसीपुर कारागारमा १ हजार ७ सय ५८ दशमलव ७५ क्वीन्टल, घोराही कारागारमा ३ सय २५ दशमलव ३ क्वीन्टल, सल्यान कारागारमा ३ सय ७५ क्वीन्टल र प्यूठानमा २ सय २० क्वीन्टल गरी २ हजार ९ सय ८६ दशमलव ५ क्वीन्टल चामल पठाइएको कार्यालयका प्रमुख सुनारले जानकारी दिए । उनका अनुसार कारागारमा मात्रै १ करोड ५१ लाख ६७ हजार २ सय ८२ रुपैयाँ ६७ पैसा बराबरको चामल विक्री भएको छ । उनले दिएको जानकारी अनुसार लिकु बाहेक अरु सबै स्थानमा कोटाभन्दा बढी चामल पठाइएको छ । सोना मन्सुली र स्टिम जिरा मसिना चामल कार्यालयमा अहिले पनि मौजदात रहेकाले माग भएमा अझै पनि पठाउन सकिले कार्यालय प्रमुख सुनारले बताए ।

खाद्य व्यवस्थाको सेवा बारे स्थानिय उपभोक्ता बेखबर

धेरै उपभोक्ताहरुलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयबारे जानकारी नभएको समेत उनले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरबाट उपभोक्ताहरुको आवश्यकता अनुसार चामल विक्री वितरण भैरहेको छ । तुलसीपुरको खाद्य संस्थानमा बजार भन्दा सस्तोमा चामल पाइन्छ तर स्थानिय नागरिक आँदैनन्, उनले भने । सोना मन्सुली चामल २५ किलोको बोरालाई १३ सय ७५ रुपैयाँमा र स्टिम जिरा मसिना चामल २१ सय २५ रुपैयाँमा विक्री वितरण भैरहेको छ । अहिले अन्य ठाउँबाट आएको चामल मात्रै विक्री वितरण भइरहेको छ भने अव आगामी आर्थिक वर्षमा दाङबाटै दाल, चामल संकलन गरेर विक्री वितरण गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख सुनारले बताए ।

स्थानिय र प्रदेश सरकारले चिन्दैन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई

यसैविच स्थानिय सरकारलाई कार्यालय रहेको घरजग्गाको कर तिरे पनि स्थानिय र प्रदेश सरकारले नदेखेको गुणासो गरेका छन् । स्थानिय सरकारसँग समन्वय गरेर कृषि शाखा कार्यालय र स्थानिय कृषकहरुसँग समन्वय गरेर अगाडि बढ्दा सहज हुने थियो तर यसो हुन सकिरहेको छैन, सुनारले भने । उनका अनुसार, स्थानिय कृषकहरुले उत्पादन गरेका खाद्यान्नहरु खरिद गरी विक्री वितरण गर्न पाए स्थानिय कृषकहरु पनि फाइदा पुग्ने थियो । तुलसीपुर खाद्य लिमिटेडमा अहिले २५ सय÷२५ सय गरेर ५ हजार क्वीन्टर चामल राख्न सक्ने क्षमताको २ वटा गोदाम रहेको छ ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।