तुलसीपुर, २१ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा सबैभन्दा बढी मानाचामल÷आमद इज्जत अनुसार खान लाउन नदिएको तथा जग्गा रोक्काका निवेदन आउने गरेको समितिले जानकारी दिएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को जेठ मसान्तसम्म मानाचामलका निवेदन ७९ वटा, अर्काको जग्गामा भवन संरचना बनाएको ८, लेनदेनका ७, ज्याला मजदुरीको ४, कुलो पानीको ३ र अन्य १० गरी १ सय ११ निवेदन दर्ता भएको न्यायिक समितिका अधिकृत हुम बहादुर विकले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार समितिमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा (१) अन्तर्गत ८५ वटा र उपदफा (२) अन्तर्गत २६ वटा निवेदन परेको हो । गतवर्षको मिलापत्र गर्न बाँकी रहेका ७३ मध्ये ५७ वटा र यस वर्षका ५९ गरी ११६ वटा विवाद फच्र्छौँट भएका छन् भने अझैँ गतवर्षको १६ र यस वर्षको ५२ गरी ६८ वटा विवाद मिलाउन बाँकी रहेको छ । ठाडो उजुरीका आधारमा पनि छलफल गराई समस्या समाधान गर्ने गरिएको समितिका अधिकृत विकले बताउनु भयो । यस वर्ष ठाडो उजुरीका ३८ वटा निवेदन परेकोमा २३ वटा निवेदनमाथि छलफल भइ समस्या समाधान भइसकेको छ । यस्तै गत आर्थिक वर्ष २०७८÷७९ मा जम्मा १३५ निवेदन आएका थिए । स्थानीय सरकार संचालन ऐन २०७४ दफा ४७ को उपदफा (१) अन्र्तगत १२५ र उपदफा (२) अन्र्तगत १० वटा निवेदन दर्ता भएको थियो । जसमा मानाचामल÷ खान लाउन नदिएको तथा (जग्गा रोक्का समेत) गरी ११८, जग्गा विवादका ४, कुलापानीको ५,निकासाका २, लुटपिटका १,ज्याला मजदुरीका २, सम्बन्ध विच्छेदका १, र अन्य २ वटा निवेदन दर्ता भएका थिए ।
गत वर्षमा ५६ वटा विवाद मिलापत्र भएका थिए भने फच्र्छौँट हुन बाँकी ६१ वटा थियो । यसै गरी आर्थिक वर्ष २०७७÷७८ बाट जिम्मेवारी सरी आएका ४५ मध्ये, ३३ मिलापत्र भए भने फच्र्छौँट गर्न बाँकी १२ वटा रहेका थिए । आर्थिक वर्ष २०७७÷७८ बाट जिम्मेवारी सरी आएका ४५ र २०७८÷७९ मा दर्ता भएका जम्मा विवाद संख्या १८० वटा मध्ये १०७ मिलापत्र भए भने ७३ वटा विवाद फच्र्छौँट हुन बाँकी रहेका थिए । बाँकी रहेका विवाद मिलापत्रका लागि चालु आर्थिक वर्ष २०७९÷८० मा सरि आएको थियो ।।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।