२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुरका केही क्षेत्रमा पानी आपूर्ति बन्द

  तुलसीपुर, ६ असार । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था मार्फत पानी वितरण हुने क्षेत्रमा हिजो मंगलबारदेखि पानी आपूर्ति बन्द भएको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव सेवकराम भण्डारीले खानेपानीको मुहानमा भल पसेका कारण खानेपानी आपूर्ति बन्द भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार खानेपानीको मुहान सफा गर्ने काम भइरहकाले तुलसीपुर उपमहानगरपालिका ५ ङ लाइन, नामिनगर टोल लगायत बजार क्षेत्रमा पानी वितरण हुन सकिरहेको छैन । हिजो केही पानीको मुहान सफा गरेको केही क्षेत्रमा भने आज विहानदेखि नै पानी वितरण भैसकेको छ ।

मुहान सरसफाइको काम सकिएपछि आज साँझ तथा भोली विहानसम्म बजार क्षेत्रमा पनि पानी आपूर्ति सहज हुने सचिव भण्डारीको भनाई रहेको छ । अहिले पानी वितरण बन्द रहेका क्षेत्रमा २ वटा पानी ट्याङकरले पानी वितरण गरिरहेको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : २०८० असार ६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।