२०८३ मङ्सिर १० गते बिहिवार

दाङमा बाघको छाला र हड्डीसहित चारजना पक्राउ

दाङ, २७ जेष्ठ ।  दाङको लमही नगरपालिका ९ अमिलियाबाट बाघको छाला र हड्डीसहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा राजपुर गाउँपालिका ७ निवासी ३१ वर्षीय वीरबहादुर पुन र रोल्पा माडी गाउँपालिका ३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगर रहेका छन् भने अन्य दुइजनाको नाम खुलाइएको छैन ।

इलाका प्रहरी कार्यालय तुलसीपुर र इलाका प्रहरी कार्यालय अमिलियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा २० प ९०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई बाघको छाला र हड्डीसहित पक्राउ गरेको हो । पक्राउ परेका चारजनालाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।