२०८३ भाद्र २३ गते मङ्गलवार

कर्मचारी पदपूर्तिका लागि आवेदन खोलिएको छैन : नेपाल टेलिकम

तुलसीपुर, १० वैशाख । नेपाल टेलिकमले कम्पनीको कर्मचारी पदपूर्तिका लागि आवेदन खुल्ला नगरिएको स्पष्ट पारेको छ । केही दिन यता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा पदपूर्तिका लागि काम गर्न आवेदन खुल्ला गरिएको भन्दै विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएकाले गम्भीर ध्यानाकर्षण भएको टेलिकमले जनाएको छ ।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिनु हुन गरेको प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ १० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।