२०८३ मङ्सिर ९ गते बुधवार

प्रेस चौतारी दाङकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

तुलसीपुर २८ चैत्र । प्रेस चौतारी नेपाल दाङकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न पम्पन्न भएकाे छ ।   तुलसीपुरमा बसेको पदाधिकारीस्तरीय बैठकले  चौतारी दाङको साधरणसभा तथा बनभोज २०८० साल वैशाख १८ गते घोराही उपमहानगरपालिका –१३ को धार्मिक तथा पर्यटकीय स्थल बाह्रकुने दहमा गर्ने र  साधरणसभा सम्पन्न गर्न आर्थिक संकलन गर्नेुका साथै चौतारीका पदाधिकारीबाट निश्चित रकम लिने र चौतारीका अगुवा तथा अन्यबाट सहयोग लिने निर्णय गरेकाे छ ।

त्यसैगरी चौतारीको सदस्यता नविकरण कार्यलाई प्रभावकारी रुपमा लैजाने,   चौतारीको अर्को बैठक र चौतारी महिला विभागको बैठक वैशाख १६ गते घोराहीमा बस्ने  निर्णय पनि गरेकाे छ ।

बैठक चौतारीका अध्यक्ष इन्द्र डि.सीको अध्यक्षता एवम चौतारीका दाङका इन्चार्ज गणेश आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।