चैत्र २० तुलसीपुर / बालमैत्री सूचकका विषयमा वडास्तरीय सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम तुलसीपुर उप महानगरपालिका – ८ मा आज सोमवार सम्पन्न भएको छ । वडा अध्यक्ष धर्मराज वलीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष वलीले वडामा बालबालिका र स्वास्थ्य सम्वन्धी अधिकांश सूचक पुराभएको र अन्य केहि वाँकी सूचकका वारेमा गम्भिरता पुर्वक लागी पर्ने वताउनुभयो । जसका लागी वडा कार्यालय सहकार्य गरेर अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
तुलसीपुर उप महाँनगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना र यूनिसेफ नेपालको आर्थिक सहयोगका भएको कार्यक्रममा तुलसीपुर उप महानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बालमैत्री स्थानिय शासन, उद्येश्य ,बाल अधिकार ,बालबालिका को हुन , बालमैत्री सूचक, बालबालिका सम्वन्धि कानुन लगाएतको वारेमा प्रकाश पार्नुभएको थियो ।
वडा सदस्य तुल प्रसाद खरालले स्वागत र सहजिकरण वडा कार्यालयका सचिव शम्भु प्रकाश शर्माले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका २५ वढी सरोकारवाला व्यक्तिको सहभागीता रहेको थियो । बालमैत्री स्थानिय तह वनाउने उद्येश्यका साथ तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले उपमहानगरपालिका भित्र रहेका विभिन्न वडामा कार्यक्रम गर्दै आएको छ । अवको ७ वर्ष भित्रमा सवै स्थानिय तहहरु बालमैत्री घोषणा गर्ने सरकारको लक्ष्य रहेले त्यसै अनुरुप स्थानियतह लागी परेका छन । हालसम्म देशभर २२ वटा स्थानिय तहहरु मात्रै बालमैत्री घोषणा भएका छन ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।