दाङ, १ फागुण । दाङमा श्रीमतीकाे कुटाइबाट श्रीमान गम्भिर घाइते भएका छन । घाइते हुनेमा पश्चिम दाङको दंगीशरण गाँउपालिका ४ बैबाङ निवासी ५३ वर्षीय दुर्गा प्रशाद खड्का रहेको इलाका प्रहरी कार्यालय हेकुलीले जानकारी दिएको छ ।
सोमबार बिहान साडे १० बजेको समयमा घरायसी बिबादका कारण ५० वर्षीय श्रीमती मिना खड्काले कुटपिट गर्दा उनका श्रीमान दुर्गा प्रशाद गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपरमा सामान्य उपचारपछि थप उपचारका लागी नेपालगञ्ज रिफर गरीएको प्रहरीले बताएको छ । कुटपिटमा संलग्न श्रीमतीलाइ नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।