तुलसीपुर, १० माघ । तुलसीपुर – घोराही सडक मर्मतका लागि करिब २५ लाख रुपैयाँ खर्च भएको छ । तुलसीपुर–घोराही सडक मर्मत अभियानले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर हात्तीखौवादेखि मजगैंसम्मको जीर्ण सडकमा खाल्डाखुल्डी, पुर्ण, सम्याउन २५ लाख रुपैयाँ खर्च भएको अभियानका संयोजक पवन योगीले जानकारी दिनुभयो ।
जिर्ण सडक मर्मतका लागि तुलसीपुर, उपमहानगरपालिका, विभिन्न संघसंसथा र व्यक्तीहरुले जेसीवी, गे्रडर, लोलर, टिप्पर, ट्याक्टर, पानी ट्याङकर र इन्धन सहयोग गरेका थिए । सडक मर्मत अभियान ५ दिनसम्म संचालन भएको थियो । दुर्घटना न्युनिकरण गर्नुका साथै सामाजिक कार्यमा पनि योगदान पु¥याउने उद्देश्यले युवाहरु मिलेर अभियान संचालन गरेको संयोजक योगीले बताउनुभयो । सडक मर्मतपछि आवागमन केही सहज भएको छ ।
सो अवसरमा युवा व्यवसायी बिनील केसीले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि रचनात्मक कामका लागि सहयोगको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गर्नुभएको थियो ।।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।