२०८३ मङ्सिर ९ गते बुधवार

विप्लवले तुलसीपुरमा गरेकाे चक्काजाम खुल्याे

तुलसीपुर, ५ पुस । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तत्कानिल प्रधानमन्त्री केपी शर्मा ओलीसंग भएको तीनबुँदे  सहमति कार्यान्वयनको माग गर्दै तुलसीपुरमा गरेकाे चकक्काजाम खुलेकाे छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार कम्युनिष्ट पार्टीले बिहान १० देखि ११ बजेसम्म तुलसीपुर सहित देशैभर एक घण्टा चक्का जाम गरेकाे थियाे ।   बन्द कर्ताले तुलसीपुरकाे  वीरेन्द्र चाेकमा  डाेरी लगाएर सवारी आवागमन राेकेका थिए ।

२०७७ फागुन २० गते केपी ओली नेतृत्वको सरकारसंग विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्धा खारेजी लगायतका विषयमा सहमति भएको थियो ।

प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।