तुलसीपुर, ४ पुस । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेशको सञ्चार ऐनमा भएको त्रुटिलाई सुधार गर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३० ओैं स्थापना दिवस तथा २१ ओैं साधारणसभालाई तुलसीपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । सञ्चार मन्त्री शर्माले संसद्ले सञ्चार नीतिमा पास गरेको कुरालाई प्रदेश प्रमुखले हस्ताक्षर मात्र गरेको बताउँदै त्यसमा भएको कमी कमजोरीलाई सुधार गरेर लैजाने बताउनु भया ।
सत्य तथ्य कुरा पत्ता लगाई समाचार सम्प्रेषण सुझाव दिदै मन्त्री शर्माले पत्रकार संवेदनशील तथा जिम्मेवार नभए समाज दुर्घटनामा जाने हुँदा त्यस तर्फ ध्यान दिन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदीप गौतम, महासङ्घका संस्थापक टिकाराम रेग्मी, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, नेपाली कांग्रेस दाङका सहसचिव राजु आचार्य, नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्य, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष चुर्णबहादुर वली, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य भरत रेग्मी, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओली, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य संगीत बस्याल, मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति नवीन पोख्रेल, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष मुरारीकुमार शर्मा, प्रेस चौतारी नेपाल दाङका अध्यक्ष इन्द्र डिसी, प्रेस युनियन दाङका कार्यवाहक अध्यक्ष नारायण खड्का, क्रान्तिकारी पत्रकार सङ्गठनका हिरामणि दुखी, प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष महेश रिजाल, नेपाल पत्रकार महासंघ दाङ शाखाका निर्वतमान सचिव भुपेन्द्र वली, जनपत्रकार सङ्गठनका जिल्ला अध्यक्ष, हेमन्तप्रकाश वली, सिस्नोपानी दाङका अध्यक्ष डा. लोकराज पराजुली, पब्लिक ज्ञानज्योती कलेजका प्रमुख सुरेन्द्र जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
महासङ्घका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा महासङ्घका उपाध्यक्ष सन्तोष सुवेदीले धन्यवाद दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन महासङ्घका सचिव आरके शीतलले गर्नुभएको थियो । कार्यक्रमको स्वागत उपाध्यक्ष बसुन्धारा गौतमले गर्नुभएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।