तुलसीपुर, ७ असोज । दाङको तुलसीपुरमा गएराति मादक पदार्थ सेवन गरेर सवारी चलाउने १८ जना कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाईकल चालक रहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख उत्तम जिसीले जानकारी दिनुभयो ।
कारबाहीमा पर्नेमा मोटरसाईकल चालक १२ वटा, चारपाङ्ग्रे चालक ४ वटा र अटो चालक दुई वटा रहेका छन् । उनिहरुलाई प्रति व्यक्ति एक हजार रुपैयाँका दरले जरिबाना गरेर छोडिएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लको नेतृत्वमा तुलसीपुर हापुरे सडक खण्डको पातुखोला पुल नजिकै मापसे चेकजाँच गरिएको थियो । बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि मापसे चेकजाँच र तिब्र गतिमा निगरानी बढाएको डिएसपी मल्लले बताउनुभयो । बेलुकी ८ बजेदेखि राति १० बजेसम्म चेजाँच गरिएको थियो ।

डिएसपी पुष्पराज मल्ल चेकजाँच गर्दै




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।