तुलसीपुर, १ असोज । पश्चिम दाङलाई जोड्ने एक मात्र तुलसीपुर– बाघमारे सडक समयमा मर्मत नहुँदा बाढीको उच्च जोखिममा परेको छ । तुललसीपुर–बाघमारे सडक अन्तर्गत तुलसीपुर–८ स्थित गहते खोलामा आएको बाढीले कटान गरेको पक्कि सडक मर्मत गर्नका लागि सम्बन्धित निकाय जिम्मेवारीबाट पन्छिएपछि थप क्षेति हुने संभावना बढेको हो । केहि दिनदेखि अबिरल बर्षात संगै खोलामा पानीको बहाव बढे पछि एकतर्फी संचालन हुँदै आएको सडक नै अब पूर्ण रुपमा क्षैति हुने अबस्थामा पुगको छ ।
बाढीले सडकको अधिकाँस भाग कटान गरिसकेको छ । अबिलर बर्षात संगै खोलाले धार परिवर्तन गर्ने संभावना उच्च रहेकाले गहते खोलाको पुलमा समेत क्षेति पुग्ने देखिएको छ । गहते खोलामा क्षेति पुगेमा तुलसीपुरका ३ वडा, शान्तिनगर, दंगिशरण र बबई सहति पश्चिम दाङ तुलसीपुरबजारबाट सम्पर्क विच्छिेद हुनसक्ने छ । गहते खोलाको पुले पश्चिम दाङलाई जोडेको छ । गएको साउन ९ गते गहतेखोलामा आएको बाढीले पक्कि सडक कटान गरेको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।