२०८३ भाद्र ९ गते मङ्गलवार

बजार व्यवस्थापनका विषयमा तुलसीपुरमा छलफल

तुलसीपुर, २४ भदौ । दाङको तुलसीपुरमा बजार व्यवस्थापनका विषयमा व्यपक छलफल गरिएको छ । बजार क्षेत्रमा जथाभावी रुपमा ठेला व्यवसाय गर्दा र अटो रिक्सा पार्किङले दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै त्यसमा रोक लगाएको उपमहानगरले जनाएको छ ।

ठेलाको निश्चि व्यवसायका लागि ठाउँको छनौट नगर्दासम्म मुख्य बजारका सडक पेटीमा कहि कतै ठेला लगाउन नपाइने र यदि लगाएमा अटो जफत गरिने भएको छ । त्यसैगरी ट्राफिक प्रहरीले तोकेको स्थानमा मात्रै अटो पार्किङ गर्ने र जहाँ पायो त्यही पार्किङ गर्नेलाई जरीबाना गरिने उपमहानगरका प्रवक्ता माधव वलीले बताउनुभयो ।

विगत लामो समयदेखि समस्याको रुपमा रहेको ठेला व्यवसायलाई दर्ता प्रकृयामा ल्याएर व्यवस्थित गर्नका लागि बजारका विभिन्न भागमा उपयुक्त ठाउँको छनौट गर्ने मेयर टिकाराम खड्काले बताउनुभयो । तुलसीपुरमा रहेका एक सय बढी ठेला मध्य २५ जना नेपाली महिला र अन्य सबै भारतीय मूलको व्यवसायी रहेका छन् । महिलाको सवालमा भने आफुले गर्ने व्यवसायको छनौट गरेर आएमा उपमहानगरपालिका सहयोग गर्न तयार रहेको उपमेयर स्यानी चौधरीले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र २४ गते शुक्रवार
प्रतिक्रिया