२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुर बसपार्ककाे मानवबस्ती उच्च जोखिममा

सतर्क रहन नागरिकलाई आग्रह

तुलसीपुर, १६ असार । तुलसीपुरको बसपार्क उच्च जोखिममा रहेको छ । उपमहानगरपालिकामा रहेका १९ वटा वडा मध्य तुलसीपुर– ५ को नयाँ बसपार्क क्षेत्र बाढी र डूबानको दृष्टिकोणले सबैभन्दा बढी उच्च जोखिममा रहेको पाइएको हो ।
तुलसीपुर उपमहागनरपालिका वन वतावरण तथा विपत व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारी (बर्षात) का अनुसार तुलसीपुरको नयाँ बर्षपार्क र पातुखोला किनारको छेउछाउँमा रहेको मानवबस्ती सबैभन्दा बढी जोखिममा छ ।

त्यसैगरी दोस्रो नम्बरमा तुलसीपुर–१३ बखरीया र बबई नदिको तटिय क्षेत्रको दुबै किनारमा रहेका बस्ती उच्च जोखिममा छन् । त्यसैगरी बाढी र डूबानकै कारण बबई नदिले छोएका १४, १६ र १८ नम्बर वडाका छेउँछाउँका बस्ती पनि जोखिममा रहेका छन् ।
त्यस्तै तुलसीपुर १, ३, ४ र १९ नम्बर वडाका पहाडी क्षेत्रहरुहरु पहिरोको जोखिममा छन् । अबिरलका बर्षातका कारण पहाडी क्षेत्रमा पहिरोबाट घरहरु पुरीन सक्ने खतरा रहेको छ भने समथल भूभागमा रहेका बस्ती बाढी र डूबानमा पर्ने संभावना रहेको संयोज भण्डारीले बताउनुभयो ।

विपत प्रतिकार्यका लागि तयारी के छ ?
अबिरल बर्षातपछि आउने बाढी पहिरोका कारण हुनसक्ने मानविय र भौतिक क्षेतिलाई रोक्न उपमहानगरपालिका अन्तर्गत विपत व्यवस्थापन शाखाले तयारी थालेको छ । संभावित जोखिमबाट हुने क्षेतिलाई रोक्न नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीको सहकार्यमा खोज उद्धारको टोलीसंगै उद्धारका सामग्रहीहरु तयारी अवस्थामा राखिएको विपत व्यवस्थापन समितिका संयोजक भण्डारीले बताउनुभयो ।

‘नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीसंग समन्वय गरेर विपत जोखिम पूर्वतयारी कार्ययोजना बनाएका छौ । उद्धारको टोली तयारी अवस्थामा बसेको छ । जोखिम युक्त तटिय क्षेत्रमा जाली लगाउने देखि जेसीवी प्रयोग गरेर पानी तरकाउने काम गरिरहेका छौ । बजारमा हुने डूबानलाई रोक्न ढल निकासको काम पनि भइरहेको छ ।’ संयोजक भण्डारीले भन्नुभयो ।

विपत बजा बजाएर नआउने भएकाले जोखिम युक्त ठाउँमा बसोबास गर्दै आएका नागरिकलाई सचेन हुन पनि उपमहानगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।