तुलसीपुर, ७ असार । तुलसीपर उपमहानगरापलिकाको नीति तथा कार्यक्रम आज आउँदै छ । सोमबार अबेर राति बजेसम्म बसेको तुलसीपुर उपमहानगरपालिको कार्यपालिका बैठकले निर्णय गरेपछि उपमहानगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । नीति तथा कार्यक्रमा शिक्षा, स्वास्थय, कृषि, पशु र बजार व्यवस्थापनलाई प्राथमिकता दिइएको तुलसीपुर उपमहानगरपालिका प्रवक्ता माधव वलीले जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रम दिउसो १ बजे उपमहानगरपालिकाको नयाँ भवन आयोजना गरिएको छ । राति १० बजे सकिएको बहुमत सहितको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम, बजेट रकमान्तर, लगाएतका विषयमा निर्णय गरेको हो । हिजोको कार्यपालिका बैठक पनि गठबन्धनका ९ वटा वडा अध्यक्षहरुले बहिस्कार गरेका थिए ।
प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार





