तुलसीपुर, ३१ जेठ । लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार काल्याण राज्यमन्त्री विमला कुमारी खत्री वलीले तुलसीपुरको वसपार्कमा एक महिलालाई कुटपिट गर्नुभएको छ । मन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका–५ वसपार्कमा घरमै पुगेर एकराज बस्नेतकी श्रीमति मिना भण्डारी बस्नेत र छाेरीलाई बिहान कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लले जानकारी दिनुभयो ।
मन्त्री वलीलाई स्थानिय महिलाले कालोमोसो दलेर कुटपिट गर्न थालेपछि प्रहरीले ईलाका प्रहरी कार्यालयमा लगेर सुरक्षा दिएको छ । कुटपिट गरीमाग्ने मिना मन्त्री वलीको प्रेमिको श्रीमति हुन् । ईलाका प्रहरी कर्यालय तुलसीपुरमा संभावित घटना हुन नदिन थप प्रहरी बलि उतारीएको छ भने जिल्लाबाट एसपी काफ्लेको नेतृत्वमा प्रहरी टोलि पनि आईपुगेको छ ।
एकराज बस्नेत मन्त्री वलीका प्रेमि हुन । उनले एकराज खै भन्दै कुटिपट गरेकाे स्थानीयले बताएका छन् ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।