२०८३ मङ्सिर ९ गते बुधवार

टरिगाउँ एयरपोर्टमा आयो जहाजमा तेल भर्ने बाउजर

तुलसीपुर, १५ जेठ । दाङको टरिगाउँ एयरपोर्टमा बाउजर आइपुगेको छ । जहाजमा हवाई इन्धन भर्नका लागि ११ हजार लिटर क्षेमताको बाउजर काठमान्डौबाट बुधबार टरिगाउँ एयरपोर्टमा आएको इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख विपिन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी २० हजार लिटर हवाइइन्धन (एटीएफ) पनि नेपालगंजबाट ल्याएर तयारी अवस्थामा राखिएको छ । हवाइइन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेपछि जहाजमा इन्धन भर्नका लागि बाउजर ल्याईएको हो । हिजो आज ३० हजार लिटर क्षेमताको ट्याङ्कलाई फाउण्डेसनमा राखेर फिटीङको काम भईरहेको छ । स्टोरेज ट्याङ्कको फिटीङ मुम्बैबाट आएको प्राधिकको टोलीले गरिरहेको छ ।
‘११ हजार लिटर क्षमताको बाउजर काठमान्डौबाट आएको छ । प्लेनमा भर्नका लागि २० हजार लिटर एटीएफ (हवाइइन्धन) नेपालगंजबाट आएर तयारी अवस्थामा राखीएको छ । बोन्डेड ट्याङ्क फिटीङ लगत्तै परीक्षण हुन्छ । त्यपछि प्लेनमा फ्यूल रिफीलिङ गर्छौ ।’ इन्धन डिपो प्रमुख श्रेष्ठले भन्नुभयो ।
अहिले पार्कीङका लागि र प्रशासनिक भवनका लागि ट्रष्ट निर्माण भइसकेको छ भने वालको काम पनि संगसगै भइरहेको छ ।
२०७९ असार मसान्तसम्म निर्माण कार्य पुरा गर्नेगरी ड्रागन÷ एनसी÷फाल्गुनान्द जेभीले २०७८ साउन ३ गते निर्माणको काम मात्रै डेढ करोड लागतमा निगमसंग सम्झौता गरेको थियो ।
स्टोरेज टयाङ्की, बाउजर र निर्माणको काम भ्याटसहित ४ करोड भएपनि दुई करोड ५० लाख मुल्य बराबरको स्टोरेज टयाङ्की र बाउजर खरिद गरिसकिएको छ ।
हवाई इन्धन डिपो नहुँदा काठमान्डौ– दाङ र दाङ काठमान्डौका लागि उडान भर्ने विमानले यात्रु बस्ने ठाउँमा इन्धन राखेर ल्याउने गरेको छ । जसका कारण जहाजले सिटभन्दा कम यात्रु बोक्ने गरेको छ ।

लामो समयदेखि अवरुद्ध हवाई सेवालाई सुचारु गराउनु भएका तुलसीपुर उपमहागनरपालिका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेको पहलमा इन्धन डिपोको काम सुरु भएको हो । नगर प्रमुख पाण्डेकै पहलमा नेपाल वायुसेवा निगमले ७ कठ्ठा जग्गा उपलब्ध गराएपछि हवाई इन्धन डिपोको काम अघि बढेको हो ।

यता तुलसीपर उद्योगबाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले इन्धन डिपो सुचारु भएमा यात्रु बोक्ने ठाउँमा इन्धन बोक्नुपर्ने समस्याको अन्त्य हुने र ठूला जहाजले पनि उडान भर्ने भएकाले यस क्षेत्रका नागरिकले सहज रुपमा हवाई सेवा पाउने बताउनुभयो । बाउजर आएपछि दाङबासीमा अब ठूला जहाज पनि आउँछन् भन्ने अपेक्षा पलाएको भन्दै समस्याको रुपमा देखिएको धावन मार्गको पनि छिटै विस्तार गरिने अध्यक्ष चालिसे बताउनुभयो ।

हवाई उडानको दृष्टिकोणले दाङको टरिगाउँ एयरपोर्ट नेपालगंज भन्दा सुरीक्षत मानिन्छ । २०११ सालमा स्थापना भएको टरिगाउँ बिमान स्थानलमा हिजोआज वायुसेवा निगमको बिमानले हप्तामा ५ दिन उडान भर्दै आएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।