२०८३ मङ्सिर ९ गते बुधवार

एमाले दाङका अध्यक्ष बस्नेतको कडा टिप्पणी : अन्तरघात गर्ने अपराधी हुन्

तुलसीपुर, १४ जेठ । नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर दबस्नेतले निर्वाचनको समयमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन अन्तरघात गर्नेहरुलाई अपराधीको संज्ञा दिनुभएको छ । पार्टी भित्रको अन्तरघातका कारण विजयको नजिक पुगेका पालिकाहरुमा पराजय भोग्नु परेको बताउँदै त्यस्ता व्यक्तिहरुलाई समयमै पहिचान गरेर पाखाला लगाउने बताउनुभयो ।
‘आन्तरघात नभएको भए ६५ वटा वडासहित ६ वटा पालिका जित्ने थियौ ।’ बस्नेतले भन्नुभयो ।

आन्तरिक समस्यका कारण बंगलाचुली, गढवा, बबई र दंगीशरण गाउँपालिकामा पराजय भोग्नु परेको अध्यक्ष बस्नेतले बताउनुभयो । टिकट वितरणमा मनलाग्दी गरेको आरोप छ नि भन्ने प्रसंगमा अध्यक्ष बस्नेतले मत संरक्षण समितिले दिएको रिपोर्टका आधारमा टिकट वितरण गरेको उहाँले बताउनुभयो ।

‘पार्टीको काममा सधै झोला बोकेर लाग्ने । अन्तिम अवस्थामा प्रतिस्पर्धीसंग लडाईको मैदानमा । युद्धको मैदानमा होमिदा पार्टीलाई घात गर्ने । पार्टीको विपक्षमा उभिएर पार्टीलाई सीध्याउने प्रवृती हावी हुँदैछ । त्यसकारण पार्टीमा बसेर अन्तरघात गर्ने र म एमाले हुँ भन्ने अधिकार कसैलाई छैन ।’ अध्यक्ष बस्नेतले भन्नुभयो ।

प्रकाशित मिति : २०७९ जेष्ठ १४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।