२०८३ मङ्सिर ९ गते बुधवार

तस्करको आर्थिक स्रोत बन्दै अश्वारा सामुदायिक वन

तुलसीपुर, ४ फागुन । तुलसीपुर उपमहागनरपालिका–८ स्थित अश्वारामा रहेको सामुदायिक वनलाई तस्करहरुले आर्थिक स्रोतको रुपमा उपयोग गर्न थालेका छन् । वनमा करिब २÷३ बर्ष यता दर्जनौ सालका रुखहरु अपरिचत समूहमा रहेका तस्करले चोरी निकासी गर्ने गरेका छन् । तस्करले वनमा सालका रुखहरु काटेर लगीसकेपछि मात्रै वन समूहले पत्तो पाउने गरेको छ ।

चारैतिरबाट अतिक्रमणको चपटेमा समेत परेको सामुदायिक वनमा पछिल्लो समय रातको समयमा तस्करले सालका रुखहरु चोरी गरेपछि मात्रै वन समूहका पदाधिकारीहरुले रुख काटेको ठुटा र हाँगविगा देखेर थाह पाउने गरेका छन् । नयाँ समिति बनेको एक महिना नबित्दै पुनःसामुदायिक वनबाट ४ वटा सालका रुखहरु हराएका छन् ।

कट्कुईयाँ–भट्टे जाने सडकको पूर्व तर्फको खोंचमा ४ वटा सालका रुखहरु चोरी भएको अश्वारा सामुदायिक वन समूहका सचिव निम बहादुर खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार सव डिभिजन वन कार्यालयको टोली पुगेर मुचुल्का समेत बनाएको छ । यता सामुदायिक वन समूहले वनमा चोरी निकासी बढ्न थालेपछि गस्ती गर्न थालेको बताएको छ ।

वन पैद्धावार चोरी निकासीमा संलग्न व्यक्तिहरुको पहिचानका लागि सुक्ष्म अनुसन्धान गरिरहेको वन समूहक अध्यक्ष यम प्रसाद सुवेदीले जानकारी दिनुभयो । चोरी निकासी नियन्त्रणका वन हेरालुबाट नियमित गस्ती र समितिले पनि रात्रीकालिन गस्ती गर्ने अध्यक्ष सुवेदीले बताउनुभयो । यता डिभिजन वन कार्याल्य दाङले घटनाको जानकारी पाए लगत्तै तुलसीपुर सव डिभिजन वन कार्यालयबाट वन कर्मचारीको टोली पठाएको बताएको छ । ‘चोरी निकासीको विषयमा हामीले पनि अनुसन्धान गरिरहेका छौ । वन समुहका पदाधिकारीहरुलाई संरक्षणमा चासोका साथ ध्यान दिन भनेका छौ ।,’ डिभिजन प्रमुख मोहन श्रेष्ठले भन्नुभयो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।