२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुर आगलागि घटना : बाँचेकाहरुको यस्तो छ बयान

तुलसीपुर, २८ तुलसीपुर । सुतीरहेको थिए । एक्कासी पिरो–पिरो भयो । चारैतिर नजर लगाउँदा ढोकाको चरबाट कोठाभित्र धुवाँ आइरहेको थियो । सामान जलेको जस्तो गन्ध पनि आयो । जुरुक्क उठेर बाहिर आएर हेर्दा तल्लो फलाईटबाट माथि तिर धुवाँको मुस्लो आइरहेको थियो । संगै चौथो तलामा सुतेका १२ बर्षका हसन बकस र १५ बर्षका मसीन बकसलाई उठाउँन जाँदा तपाँई जानुस हामी आउँछौ भने । म ७ बर्षकी छोरी इरम खातुनलाई बोकेर भुईमा ओर्लिए । हेर्दाहेर्दै आगो दन्कियो । म पनि जान सकेन छोराहरु पनि आउन सकेनन् ।
आगलागीबाट छोरी सहति बाँच्न सफल २८ बर्षकी हसीना मियाले भक्कानीदै काहाली लाग्दो घटनाको बर्णण गर्नुभयो । उहाँका श्रीमान हुसेन बक्स भने घरबाहिर भएका कारण बाँच्न सफल हुनु भएको छ । यो फेरिस्थ थियो शुक्रबार तुलसीपुरको ‘ङ’ लाइनमा रहेको इरम फुटवेर तथा जुत्ता चप्पलको गोदाम घरमा भएको आगलागिको घटना ।

त्यस्तै घटना भयो तेस्रो तलामा सुतिरहेका नजरदिन अलिको परिवारलाई पनि । श्रीमती लैला मिया, ७० बर्षका बुबा र ५ बर्षको छोरालाई बाहिर पठाएर १३ बर्षकी सुजिता खातुन र ६ बर्षका छोरा आदिददिन अलीलाई बचाउने आशमा लिन गएका ३७ बर्षका नजरदिन अलि पनि नफर्किनेगरी अस्ताय । काम गर्ने ३ जना स्टाप र पिडित परिवार ५ जना सहित ८ जना भागेर ज्यान जोगाउन सफल भएका छन् ।

प्रहरीका अनुसार उक्त घरमा अर्को कस्मेटिक पसल पनि थियो । राति २ बजे घरमा आगलागि भएको प्रहरीले थाहा पाएको थियो । त्यसलगत्तै तुलसीपुर÷घोराही उपमहानगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको निरन्तर प्रयासमा आगो बिहान करिब ७ बजे निन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुर डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

आगो पुर्णरुपमा नियनत्रणमा लिएपछि मात्रै प्रहरीले पाँच जनाको शव बाहिर निकाल्न सफल भएको थियो । आफन्तले पोष्टमार्टम पछि मृतकको शव बुझेर लगेका छन् । अन्तिम डासंस्कारका लागि मृतक मसीन र हसनलाई सुर्खेत लगिएको छ । सुर्खेत वीरेन्द्र नगर नगरपालिका – ५ घर भएका मृतकका बुवा हुसेन बकसले तुलसीपुरमा विगत ८ बर्षदेखि जुत्ता चप्पलको थोक बिक्रेता गर्दै आउनु भएको थियो ।

त्यसैगरी कपिल वस्तुको शिवराज नगरपालिका ५ घर भएका मृतक नजरदिन, छोरी सुजिता र छोरा आदिददिनलाई कपिल वस्तु लगिएको प्रहरीले जनाएको छ । मृतक नजरदिनले विगत ७÷८ बर्षदेखि सोही घरमा साथिजा कस्मेटीकको होलसेल व्यापार गर्दै आउनु भएको थियो । यसैबिच प्रहरीले जुत्ता, चप्पल र कस्मेटिक र घर समेत गरेर ७ करोड बराबरको क्षेति भएको बताएको छ ।

घटनाको जानकारी पाएलगत्तै तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डे, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, एसपी सुरेश काफ्ले लगाएतका सुरक्षा अधिकारीको घटना स्थलमा पुगेर जानकारी लिएका थिए ।

विद्युत सर्ट भएर आगलागि भएको प्रहरीको निश्कर्ष
प्रहरीले आगलागि भएर घटना भएको हुन सक्ने अन्तिम निश्कर्षमा पुगेको छ । घटनाको प्रकृति हेर्दा र अन्य कुराहरु बुझ्दा विद्युत सर्ट भएर आगलागी भएको निश्कर्षमा करिब करिब पुगेको डिएसी अर्यालले बताउनुभयो ।

‘बाहिरबाट आगो लगाउन सक्ने एक्सिस पनि छैन । पछाडीबाट आगो फाल्न सक्ने वा लगाउनुको कारण पनि देखिदैन् । आगो तापेर हो भनेपनि भुँइफ्लोरबाट आगलागी भएको छ । विद्युतको हाकीमलाई पनि ल्याएर देखायौ। उहाँले पनि विद्युत सर्ट भएर भएको हुनसक्ने बताउनुभयो ।’ डिएसपी अर्यालले भन्नुभयो ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।