२०८३ भाद्र २३ गते मङ्गलवार

बालबालिकाहरुमा प्रविधिको प्रयोग बढ्दै,फाईदा की बेफाईदा ?

फाइल फोटो

 तुलसिपुर २५ माघ । प्रविधिले फड्को मारे संगै पछिल्नो समय बालबालिकाहरुमा प्रविधिको प्रयोग बढेको छ । पछिल्लो समय कोरोना माहामारीका कारण विद्यालयहरु बन्द हुदा विद्यार्थीहरुलाई अनलाईन कक्षा पढ्न समेत सहज बनाएको छ । तर प्रविधिको विकासले जत्तिको सहज बनाएको छ ,यसको सहि सदुपयोग नहुदा विकृति पनि फैलिएको छ । विशेषगरी यसको असर बालबालिकाहरुमा परेको छ ।बालबालिकाहरुले पछिल्नो समय आबश्यकता भन्दा बढि समय मोवाएल तथा सामाजिक संजालमा समय विताउने गरेका छन् । कोरोनाकै कारण विद्यालय नियमित जना नपाएपछि अधिकांस बालबालिकाहरुले मोवाएल प्रयोग गरी फेसबुक,युट्युव,टिकटक जस्ता सामाजिक संजाल चलाउने गरेका छन् ।

अनलाईन कक्षा बाहेक अन्य समयमा फुर्सदमा रहेका बालबालिकाहरु आबश्यकता भन्दा बढि समय मोवाएलमा ध्यान दिने गरेको अभिभावकहरुको भनाई छ ।आफना बालबालिकाहरुले सामाजिक संजाल चलाएको देख्दा दिक्क लाग्ने गरेको तुलसीपुरका एक जना अभिभावक रिता नाथले बताउनुभयो । घरमा बसेको समयमा बालबालिकाहरु मोवाएलमा व्यवस्त हुने गरेको उहाको भनाई छ । बालबालिकाहरुले चाहिने भन्दा बढि नेटइन्टरनेटको प्रयोग गरेको उहाको भनाई छ । यसले भविस्यमा नकारात्मक असर पार्ने होकी भन्ने चिन्ता लागेको उहाले बताउनुभयो । खासगरी सानै उमेरमा मोवाएल तथा टिभि जस्ता स्क्रिन हेर्दा आँखा कमजोर हुन सक्ने भन्दै यसबाट बालबालिकालाई टाढा राख्नु पर्ने उहाको भनाई छ ।

बालबालिकाहरुले धेरै समय सामाजिक सन्जालमा बिताउने गर्दा शारिरिक तथा मानसिक असर पर्ने शिक्षकहरुले बताएका छन् ।केहि निश्चित समयका लागी बालबालिकालाई मोवाएल प्रयोग गर्न दिनु उचित भएपनि लामो समय सम्म मोवाएलको प्रयोगबाट सामाजिक संजाल चलाउदा भविस्यमा पढाई ठुलो असर गर्ने ज्ञान ज्योति स्कुलका शिक्षक प्रकाश शमाले बताउनु भयो । अनाश्यक रुपमा लामो समय सम्म बालबालिकालाई सामाजिक संजाल प्रयोग गर्न दिदा नकारात्मक असर पार्ने उहाले बताउनु भयो । पढाई बाहेक अतिरिक्त मनोरन्जन तथा ज्ञानमुलक सन्देशका लागी निश्चित समय बालबालिकाहरुलाई प्रविधि प्रयोग गर्न दिनु उपयुक्त भएपनि लामो समय सम्म प्रयोग गर्न नहुने उहाले बताउनुभयो । यसकारण बालबालिकाहरुलाई नकारात्मक असर पार्ने कुराबाट टाढा राख्नका लागी स्वंयम अभिभावकहरु जिम्मेवार हुनु पर्ने उहाको सुझाव छ ।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।