तुलसीपुर, ३ माघ । राप्ती प्रादेशिक अस्पताल कोरोना इकाई तुलसीपुरमा कोरोना संक्रमित ९ जना भर्ना भएका छन् । जसमध्य २ जनाको अक्सिजन दिइएको छ भने अन्यलाई एन्टिवायोटिक औंषधी दिइएको अस्पतलाका फोकल पर्सन दोर्ण वलीलले जानकारी दिनुभयो ।
तुलसीपुरमा कोरोना संक्रमित २ सय ३८ जना मध्य ९ जना अस्पतलामा भर्ना भएका छन भने अन्यको घरमा आइशोलेशनमा राखेर उपचार भइरहेको छ । कोरोनाबाट १० बर्षका बालकदेखि ८१ बर्ष उमेरका नागरिक संक्रमित रहेको तुलसीपुर उपमहानगरपालिका कोभिड फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।