२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरमा शिक्षक विद्यार्थी सहित २२ जनामा कोरोना पुष्टि

तुलसीपुर, २ माघ । तुलसीपुर क्षेत्रमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतवार मेट्रो अस्पताल अश्वारामा संकास्पद लक्षण भएका ५१ जना व्यक्तिहरुको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा २२ जनाको रिपोट पोजेटिभ देखीएको तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।

जसमा १३ जना पुरुष र ९ जना महिला रहेको उहाले जानकारी दिनुभयो । संक्रमित हुनेमा ४ जना शिक्षक, एक जना विद्यार्थी र एक जना स्वास्थ्यकर्मी लगाएत अन्य मानिसहरु रहेका छन् । यो संगै तुलसीपुर क्षेत्रमा अहिले संक्रिय संक्रमितको संख्या २३८ रहेको छ । ती मध्ये ८ जना अस्पतालमा र २३० जना होम आईसोलेसनमा रहेका छन् । तुलसीपुरमा हाल सम्म एक हजार ५७ जनाको कोरोना परिक्षण गरिएके उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।