तुलसीपुर, ९ पुष । तुलसीपुर खानेपानी उभोक्ता तथा सरसफाई संस्थाको नेतृत्व राजनीतिक भागबण्डाका आधारमा टुङ्गो लगाउने मोटामोटी सहमति भएको स्रोतले बताएको छ । स्रोतका अनुसार अध्यक्ष नेपाली कांग्रेस, उपाध्यक्ष माओवादी केन्द्र, सचिव नेकपा एमालेलाई बटा परेको छ भने कोषाध्यक्ष विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई परेको छ । त्यसैगरी राप्रपा, जनमोर्चा, जसपा, नेकपा क्रान्तिकारीलाई एकएकजना सदस्य पद दिने सहमति भएको छ । यद्यपी आधीकारिक रुपमा पुष्टि हुन भने बाँकी रहेको छ ।
सर्वदलिय बैठक हिजो राती १० बजेसम्म बसेको थियो । बैठकमा एमालेका नगर अध्यक्ष माधव ओली, कांग्रेसका नगर सभापति सुरेश हमाल, माओवादी केन्द्रका खुशीराम चौधरी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विकास वली, वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका इश्वरी गैरे, जसपाका जीवन भण्डारी, जनमोर्चाका शुक्रराज भण्डारी लगाएतको सहभागिता रहेको स्रोतले बताएको छ ।
वर्तमान कार्य समितिका पदाधिकारीलाई भने आगामी नेतृत्वका लागि नराख्ने भन्नेमा पनि छलफल भइरहेको छ । खानेपानीको निवार्चन आगामी पुष १७ गते तोकिएको छ । दलिय भागबण्डामा सबैले चित्त बुझाएपछि माइन्यूट समे भएको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।