तुलसीपुर, १ पुस । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले मेला महोत्सव आम्दानी बाहिर पठाउने नभई भित्याउने गरि लगाउन पर्ने बताएका छन् । यसकालागी आन्तरीक उत्पादनको प्रवर्घन र प्रोत्साहन गर्न पनि उनको आयोजकलाइ सुझाव थियो । तुलसीपुर चेम्बर अफ कर्मशले आयोजना गरेको तुलसीपुर महोत्सव २०७८को उद्धाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘हामीले मेला महोत्सवमा संकलन भएको रकम सिमा पारी पठाउँने गरि होइन् सिमापारीबाट भित्याउने गरि लगाउनुपर्छ –तिमिल्सीनाले भने । उनले मेला महोत्सवहरुमा यहाँका किसानले फलाएका चिजविच र उद्यमीहरुको जिवीको उमार्जनमा कस्तो फरक पा¥यो त्यसलाई ध्यानमा राखेर लागनुपर्ने बताए ।
गाउगाउमा छरीएर रहेका किसानले मेलामा आएर पैसा फाल्ने होइन यहाँबाट आफ्नो उत्पादन विक्री गरेर पैसा लैजाने हुनुपर्छ –उनले भने ।’ त्यस्तै तिमिल्सिनाले व्यावसायीक क्षेत्रमा स्वच्छ प्रतिष्प्रर्धा आवश्यक रहेको बताए । उनले एकलै हिडेर समृद्धिको यात्रा पुरा नहुने भन्दै सवै संगै हातेमालो गरेर उद्यमसीताको विकास गरे समृद्धी हासील गर्न सकीने बताए । ‘यहाँ एउटाले गर्न लागेको काममा अर्कोले साथ नदिने प्रचलन छ, व्यावसायीहरुपनि राजनितिमा लागेको जस्तो देखिएको छ व्यावसायीक क्षेत्रमा पनि स्वच्छ प्रतिष्प्रर्धा हुनु पर्ने देखिन्छ उनले भने ।
कसैलाई नाफा र कसैलाई घाटा हुने दृष्टिकोणले नभई स्वच्छ प्रतिष्प्रर्धा हुनु पर्ने उनको भनाई थियो । राम्रो कामका लागी जसले पनि प्रतिष्प्रर्धा गर्न पाउनु पर्ने बताउदै उनले निजि क्षेत्रले अब आर्थिक समृद्धिका लागी उद्यमशिलता र उत्पादन बस्तु बढाउनु पर्नेमा जोड दिए ।
देशको व्यापार घाटा कम गर्नका लागी निजि क्षेत्रको महत्वपुर्ण भुमिका रहेको भन्दै यस प्रति उद्योगी व्यवसायी लाग्नु पर्ने उनको भनाई थियो । ‘ राम्रा काम र विकासका लागी पछिल्नो समय हरेक सामाजिक संघसंस्थामा समेत खुट्टा तान्ने प्रबृत्ति बढेको भन्दै विकास र समृद्धिको लागी मिलेर अघि बढ्न उनले व्यावसायीहरुलाई आग्रह गरे । ‘यहाँ उद्योग वाणिज्य संघपनि शुभकामना दिन आउनुपथ्यो त्यो मैले देखिन सवैको साथ र सहयोग भयो भने मात्र उद्यमसिताको विकास हुन्छ उनले भने ।’ त्यसैगरी उनले अर्को प्रसंगमा आफु सरकारमा नभएपनि यहाँको विकासका लागि सरकारलाई ध्यान अकर्षण गाउने बताए । ‘म अहिले दल र सरकारको नेतृत्वमा छैन् तर दाङको विकासका लागि मैले केन्द्रमा पहल पकैपनि गर्नेछु तपाईहरुलाई विश्वस्त बनाउछु–उनले भने । उनले दाङका नगरप्रमुखहरुलाई घोराही तुलसीपुरको फोरल्याड सडक र यहाँको एयेरपोर्टको स्त्तोरन्नितिका लागि ध्यान आकर्षण समेत गराए । ‘म दुवै मेयरसापलाई आग्रह गर्दछु सडक निर्माण र एयरपोर्टको विकास छिटो गर्नुहोस –तिमिल्सीनाले भने ।’
सो अवसरमा बोल्दै नेपाल चेम्बर अफ कर्मश लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोख्रेलले निजि क्षेत्रलाई राज्यले प्रोत्साहित गर्नुपर्ने बताए । राज्यले अल्पकालिन तथा दिर्घकालिन योजना बनाएर निजि क्षेत्रको लगानी प्रर्वद्धनमा जोड दिनुपर्ने बताए । राज्यले राजस्व संकलनमा मात्रै चासो दिने तर निजि क्षेत्रको विकासका लागी खासै ध्यान नदिएको उनको गुनासो थियो । तुलसीपुर चेम्बर अफ कर्मशका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रमा राष्ट्रिसभा सदस्य कोमल वली, जगप्रसाद शर्मा, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेलगायतले व्यवसायीक एकताले मात्र दाङको विकास हुने बताए । उनीहरुले स्थानीय उत्पादन कलासंस्कृतिको विकासका यस्ता मेला महोत्सव आवश्यक रहेको बताए । तुलसीपुर चेम्बर अफ कर्मशका उपाध्यक्ष वेनु अधिकारीले धन्यवाद मन्तव्य व्यक्तगरेकी थिइन भने कार्यक्रमको सञ्चालन महासचिव प्रेमप्रकाश गिरी र सचिव ऋषिराज भण्डारी गरेका थिए । स्वरोजगार,आत्मभिरता हाम्रो आधार, गाउँ देखी शहर सम्म व्यापार विस्तार भन्ने नाराका साथ तुलसीपुरमा महोत्सव सुरु भएको छ । विहिवारबाट सुरु भएको महोत्सव पुस १२ गते सम्म संचालन हुनेछ ।
महोत्सव सुरुहुनु अघि विभिन्न संघ संस्था, कल्व , विद्यालयले झाँकी सहित महोत्सव स्थल प्रवेश गरेका थिए ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।