२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुर महोत्सव स्थल सरसफाई

तुलसीपुर, १८ मंसिर । प्रथम ऐतिहासिक तुलसीपुर महोत्सव लाग्ने स्थलमा शनिबार सरसफाई गरिएको छ । सरसफाई अभियानमा नेपाली सेना, जनपथ प्रहरी, शसस्त्र प्रहरी, चेम्बरका पदाधिकारी लगाएत सयौंको सहभागिता रहेको थियो । करिब डेढ विघाह क्षेत्रफल रहेको जग्गामा यत्रतत्त्र छरिएर रहेका फोहर जन्य सुर्ति, गुट्खा, काँचका टुक्रा टिप्नुका साथै झाडी सफाई गरिएको थियो ।

तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको सरसफाई अभियानको सहजीकरण महासचिव प्रेम प्रकाश गिरीले गर्नुभएको थियो । स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने मूल नारासहित तुलसीपुर महोत्सव आउँदो पौष १ गतेदेखी १२ गतेसम्म संचालन हुने संचार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।
महोत्सवमा ५ रोडको कारोबार हनुे ३ लाख बढीले अवलोकण गर्ने आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।