२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुर उपमहानगर लुम्बिनीकै उत्कृष्ट पालिका

तुलसीपुर,७ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहहरुको सूचना प्रविधि क्षमताको प्रतिवेदनमा तुलसीपुर उपमहानगरपालिकाले दाङका सबै पालिकालाई उछिनेको छ । नेपाल भरका सबै स्थानीय तहहरुमा गरिएको मुल्यांकनमा तुलसीपुर ७१ अंकमा साथमा १० औ स्थानमा परेको छ । यस अभियानको नेतृत्व गर्नु भएका नगरप्रमुख घनश्याम पाण्डेले जनप्रतिनिधिका रुपमा आएदेखि नै डिजिटल तुलसीपुरको अभियानलाई अगाडी वढाउनु भएको थियो ।

सबै वडामा इन्टरनेट मार्फत सेवा पुर्याएको भन्दै तुलसीपुरलाई यसभन्दा अगाडी पनि पुरस्कृत गरिएको थियो । स्थानीय तहहरुको जनशक्ति व्यवस्थापनको अवस्था, डिजिटल साक्षरताको अवस्था तथा सूचना प्रविधि सम्बन्धि नीतिगत व्यवस्था, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग, सूचना प्रविधिसँग सम्बन्धित पूर्वाधारको अवस्था र सूचना प्रविधिमा संस्थागत क्षमताको अवस्था गरेर ७ वटा क्षेत्रका ५० वटा सूचकाङ्कका आधारमा स्थानीय तहहरुको प्रतिवेदन सार्वजनिक गरिएको हो ।
नगरप्रमुख घनश्याम पाण्डेले यो सफलताले डिजिटल तुलसीपुरको अभियानलाई अगाडी वढाउन हौसला बढेको वताउनुभयो । “हामीले तुलसीपुरलाई डिजिटल वनाउने अभियानलाई थप तिव्रता दिएका छौ” उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।