२०८३ मङ्सिर ९ गते बुधवार

बिजौरी हत्याकाण्ड भएको आज २७ बर्ष पुरा

तुलसीपुर, १७ कार्तिक । बिजौरी हत्याकाण्ड भएको आज २७ बर्ष पुरा भएको छ । २०५१ साल कार्तिक १७ गते भएको बिजौरी हत्याकाण्डमा कृष्ण चौधरी, पुष्प घिमिरे, नारायण चौधरीले साहदत प्राप्त प्राप्त गर्नुभएको थियो ।  घटनामापरी ३६ जना एमालेका नेता तथा कार्यकर्ता घाइते भएका थिए । एमालेका नेता श्रीमणी आचार्यको पनि त्यही गोलीका कारण मृत्यु भएको थियो । बिजौरी हत्याकाण्डमा छातीमा गोली लागेर घाइते भएका आचार्यको समयमै उपचार हुन नसक्सदा क्यान्सरका कारण मृत्यु भएको थियो ।
तत्कालिन मध्यावधी निर्वाचनको समयमा नेपाली कांग्रेसको ज्याजती बिरुद्ध आयोजित शान्तिपूर्ण जुलुशमाथि तत्कालिन निर्माण तथा यातायातमन्त्री खुमबहादु खड्काको निर्देशनमा बिजौरी हत्याकाण्ड भएको नेकपा एमाले दाङले दाबी गर्दै आएको छ ।

कार्यक्रमलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले  सम्बोधन गर्ने
यसैबिच नेकपा एमाले दाङले सहिदहरुको सम्झनामा आज कार्यक्रम गर्ने भएको छ । कार्यक्रमलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले  सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले जानकारी दिनुभयो । कार्यक्रम बिजौरीमा दिनको ११ बजे आयोजना गरिएको पार्टीले जनाएको छ ।

नेकाप एमाले दाङले कार्यक्रममा उपस्थित हुन पार्टीका नेता, अगुवा कार्यकर्ता, पार्टी सदस्य, समर्थक तथा शुभचिन्तक सबैमा अनुरोध गरिएको छ ।  तत्कालिन समयमा निर्वाचन क्षेत्र नं ३ बाट एमालेबाट शंकर पोखरेल र कांग्रेसबाट दिपक गिरी चुनाबी मैदानमा उत्रिएका थिए । बिजौरी हत्यकाकाण्डका कारण बलियो शक्तिका रुमपा रहेको कांग्रेसले तत्कालिन समयमा निर्वाचनमा पराजय भोग्नु परेको थियो ।

राष्ट्रिय युवा संघको भेला तुलसीपुरमा हुँदै
दाङको तुलसीपुरमा युवा भेला तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल दाङ जिल्लाको आयोजनामा तुलसीपुरको बिएस पाटी प्यालेसमा युवा भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको युवा संघका जिल्ला अध्यक्ष देबु बस्नेतले जानकारी दिनुभयो ।

आज १२ बजे हुने कार्यक्रमलाई एमाले नेता शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैबिच युवा संघले कार्यक्रममा सहभागिताका सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।