तुलसीपुर, २० असोज ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले बुधवार दुई सय खशीबोका काठमाण्डौ पठाउने तयारी गरेको छ । बडा दशैलाई लक्षित गदै खरिद गरेका खशीबोकाहरु बुधवार साँझ काठमाण्डौ पठाउन लागीएको कार्यालयका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिनुभयो । उहाका अनुसार बुधवार किसानहरु संग खशीबोका खरिद गरी साँझ पख ट्रकमा पठाउन लागीएको हो ।
दशैका लागी भनेर छ सय खशीबोका खरिद गर्ने लक्ष्य अनुसार पहिलो चरणमा दुई सय काठमाण्डौ पठाउन लागीएको उहाले जानकारी दिनुभयो । यस्तैगरी विहिवार दोस्रो चरणमा दुई सय र शुक्रवार तेस्रो चरणमा दुई सय पठाउने तयारी भएको छ । खशीबोकाका लागी मुल्य निर्धारण गरिएको छ । जसमा २५ केजी देखी माथीको खशीको मुल्य प्रतिकेजी ५ सय ६५ रुपैया निर्धारण गरिएको निमित्त प्रमुख चौधरीले जानकारी दिनुभयो ।यस्तैगरी २० देखी २५ सम्मको खशीको मुल्य प्रतिकिलो ५५० रुपैया र १८ किलो देखी माथीको बोकाको मुल्य प्रतिकिलो ५४५ रुपैया निर्धारण गरिएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।