तुलसीपुर, ७ भदौ । दाङको तुलसीपुरमा सुनको अभाव बढेको छ । मागको अनुपातमा आपूर्ति कम भएपछि सुनको अभाव बढेको हो ।
दैनिक एक किलो भन्दा बढि खपत हुँदै आएको तुलसीपुर बजारमा केहि समय यता हप्तामा एक किलो मात्रै सुन आपूर्ति भएपछि यसको चरम अभाव देखिएको तुलसीपुर सुनचाँदी व्यवसायी संघका सल्लाहकार मिनराज वलीले बताउनुभयो ।
नेपालीहरुको पर्वहरु नजिकीदै जाँदा बजारमा सुनको अभाव हुन थालेपछि सुनका गरगहना किन्नका लागि तीन दिनदेखि हप्ता दिनसम्म पर्खिनुपर्ने अवस्था रहेको सल्लाहाकार वलीले बताउनुभयो ।
एक हप्तादेखि सुनको अभाव हुन थालेको हो । अहिले सुनको कारोबार तुलसीपुमरा ९३ हजार २ सयमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार





