तुलसीपुर, २८ साउन । बिहान चार बजे दुबैजना उठ्छौ । उनि बाल्टिन लिएर भैंसी दुहुन जान्छिन् । म पारा लगेर पछि पछि जान्छु । उनले दुध दोयर जर्किनमा भर्छिन । मैले भैसी भगारो सोर्छु । म दुध लिएर बिक्रीका लागि बजार जान्छु उनि भैसीलाई दानापिरो गर्छीन ।
साढे तेह्र लाख लागनीमा गएको बैशाखदेखि प्रतिक्षा भैसीपालन तथा बहुउद्देश्य कृषी फर्म दर्ता गरेर भैसी व्यवसाय सुरु गरेका तुलसीपुर उपमहानगरपालिका–८ अस्वारा निबासी गायक तथा सर्जक वेदु खड्काको दिनचर्या हिजोआज यसै गरि बितिरहेको छ । पाँचवटा भैसीबाट व्यवसाय सुरु गर्नुभएका खड्काले दैनिक ३०देखि ३२ लिटर दुध बेच्नुहुन्छ । पाँचवटा मध्य चारवटा भैसी दुहुना छन् । चारवटा भैसीले बिहान र दिउँसो गरेर ३२ लिटरसम्म दुध दिन्छन् ।
दुध बेचेर दैनिक २ हजारदेखि २२ सय रुपैयाँसम्म कमाउने गर्नुभएका खड्काको कमाई स्वदेशमा करिब ६६ हजार हुने गरेको छ । उहाँले भैसीको मललाई पनि प्रति टेक्टर २८ सय रुपैयाँका दरले बिक्री गर्ने गर्नुभएको छ । विदेशमा मासिक ७० हजार नेपाली रुपैयाँ कमाउँदै आउनुभएका खड्का स्वदेशमा घरपरिवारसंगै व्यवसाय गरेर त्यहाँको भन्दा बढी आम्दानी गर्दा निकै खुशी देखिनुहुन्छ ।
कतारको क्यानेडिएन स्कुलमा १० बर्ष सेक्युरीटी गार्डको रुपमा काम गर्नुभएका खड्कालाई अहिले पछुतो लागेको छ । बिहे गरेको केहि समयपछि श्रीमती, छोरा–छोरी र बाआमालाई छोडेर २०६७ मा विदेश हानिएका खड्काले दैनिक १२ घन्टा काम गर्नुपथ्र्यो । अहिले आफ्नै भूमिा ६ घण्टा काम गरेर ६६ हजार मासिक आम्दानी गर्नुहुन्छ ।
बिहान उठेदेखि दत्तचित्त भएर काम गर्ने खड्का र उहाँकी श्रीमती सीता खड्का खाना खाएर ११ बजे सुत्ने र दिउँसो २ बजे उठ्ने दैनिक कार्यतालिका छ । त्यसपछि घाँसपात, भागरो सोर्ने र दुध दुने र बिक्री गर्न जाने काम हुन्छ ।
“यो काम पहिला गर्नुपथ्र्यो । अहिले ढिला भयो । घरमै घरपरिवारसंग दुःख सुखका कुरा गर्दै काम गर्दै गर्दा आनन्द आउँछ ,’ खड्काले भन्नुभयो –“आफ्नो काम गर्दा रमाउन सकिन्छ । जति काम ग¥यो उति फाइदा पनि हुन्छ । तर मालिकको काम गर्दा रमाउन सकिदैन् ।”
अझै पाँचवटा भैसी थप्ने तयारीमा रहनु भएका खड्काले सरकारसंग केहि आशा पनि गर्नु भएको छ । कृषीमा अनुदान दिन्छगरे भन्ने सुन्नुभएका खड्काले स्थानीय सरकारबाट उन्नतजातको विउँ, घाँस काट्ने मेसिन, दुध बोक्ने क्यान्टीन र गोठ व्यवस्थापनका लागि केहि आर्थिक अनुदानको पनि आशा गर्नुभएको छ ।
“अन्य व्यक्तिले अनुदान लिनका लागि र्फम मात्रै दर्ता गर्छन मैले व्यवासय सुरु गरेर राज्यले दिन मिल्ने सेवा सुविधाको अपेक्षा गरेको छु ।” खड्काले भन्नुभयो । करिब साढे ६ सय घरधुरी संख्या रहेको अश्वारा गाउँमा व्यवसायीक भैसीपालन गर्ने खड्का पहिलो व्यक्ति हुनुहुन्छ ।

विदेश नजान सुझाब
कृषक खड्काले आफु जस्तै साथीहरुलाई विदेश नजान सुझाव दिनुहुन्छ । खेति किसान, पशुपालन जस्ता कामलाई सानो सम्झिएर विदेश जादा कैयौ दाजुभाइहरुले दुख पाएको बताउँदै खड्काले स्वेदशमै केहि गरेर खान र कमाउन सकिने बताउनुहुन्छ । “पहिलो कुरा विदेश जाँदा चुनौति छ । दलालले पठाउने होकि होइन । पठाई हाल्यो भने काम कस्तो भेटिने हो । भिटीयो र राम्रो भयो भने घरमा श्रीमति बस्ने हुनकी होइनन् । त्यस्तो समस्या छ,’ खड्काले भन्नुभयो मसंगै काम गर्ने ३ जना साथीका न श्रीमती घरमा बसे न विदेशी भूमिा कमाएको धनपैसो बच्यो ।”
गायनयात्रालाई पनि अघि बढाउँछु
तीनवटा एलबम बजारमा ल्याइसक्नु भएका खड्काले भैसीपालन व्यवसायसंगै आफ्नो गायन यात्रालाई पनि संगै लिएर जाने सोच गर्नुभएको छ । शिरशिर हावा, दाङ राम्रो फाँटैले, जाउँ घुम्न नुवाकोट नामका एलबम बजारमा आइसकेका छन् भने कशम एलबम बजारमा ल्याउने गरिएको खड्काले बताउनुभयो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।