काठमान्डौ । नेपाल टेलिकमले सर्भरमा ह्याकरको आक्रमण नभएको र सम्पूर्ण डाटा सुरक्षित जनाएको छ । नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्दै असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि टेलिकमले विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो ।
टेलिकमका प्रवक्ता राजेश जोशीद्धारा जारी विज्ञप्तीमा डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात कम्पनीको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख भएजस्ता कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको वास्तविकता ग्राहकवर्गमा जानकारी गराउन चाहन्छौं भनिएको छ ।
ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको छ । आगामी दिनमा समेत ग्राहकका विवरणहरु सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्ध रहेको छ विज्ञप्तीमा उल्लेख छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।