तुलसीपुर, १५ असार ।तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरका सवै वडामा कृषि तथा पशु सेवा विकास शाखा स्थापना गर्ने बताउनुभएको छ । आगामी वर्ष किसानलाई गाउँघरमै सेवा प्रदान गर्ने लक्ष्यका साथ तुलसीपुरका हरेक वडामा कृषि प्राविधिक सहितको शाखा स्थापना गर्ने उद्घोष गर्नु भएको छ । १८ औँ राष्ट्रिय धान दिवसका अवसरमा तुलसीपुर ७ खर्चुवामा आयोजित धान रोपाई कार्यक्रममा बोल्दै उहाले मानव स्वास्थ्यका लागी हरेक वडामा स्वास्थ्य संस्था संन्चालन गरे जसरी अव किसानलाई घरदैलोमा कृषि प्राविधिक सेवा दिने लक्ष्य रहेको बताउनुभयो ।साथै उहाले आगामी आथिर्कक वर्षमा किसानहरुका लागी कृषि तथा पशुपंछि मेट्रो हस्पिटल स्थापना गरिने बताउनु भयो ।
त्यसको लागी उपयुक्त जग्गाको खोजी भईरहेको उहाले बताउनुभयो । यस्तैगरी व्यावसायीक कृषि खेती गदै आउनु भएका कृषकका लागी स्मार्ट किसान केडिट कार्डको अवधारणा ल्याएको बताउनु भयो । जसले सामान्य कृषि खेती भन्दा व्यावसायीक र सामुहिक कृषि खेती गरेका किसानहरुलाई यस्तो कार्डको सुविधा दिईने उहाले भनाई छ । यो कार्डको प्रयागबाट किसानहरुले अनुदानका कार्यक्रम, विउँविजन, सहुलियत व्याजदरमा ऋण लगाएतका थुप्रै सुविधा प्राप्त गर्न सक्ने उहाको भनाई छ । उहाले आफुहरु स्थानिय तहमा जनप्रतिनिधि भएर आईसकेपछि किसानहरुका लागी धेरै महत्वपुर्ण कार्यक्रम र योजना ल्याएको बताउनुभयो ।
बाँझो जमिन नराख्ने निति ल्याए संगै अहिले पछिल्नो समय तुलसीपुर क्षेत्रमा खाद्यन्न उत्पादन बढेको उहाले बताउनुभयो । तुलसीपुर क्षेत्रको कुल खेतीयोग्य जमिन मध्ये ९० प्रतिशत क्षेत्रमा कृषि खेती भएको उहाको भनाई थियो । जुन आफुहरु आउनु अघि तुलसीपुर क्षेत्रमा २५ प्रतिशत जमिनमा मात्रै खेती हुने गरेको उहाको दावी छ । तर अहिले आफुहरुले ल्याएको नितिकै कारण खेती योग्य जमिनको प्रतिशत बढेको र तुलसीपुर क्षेत्र खाद्यमा आत्म निर्भरउन्मुख रहेको उहाले बताउनु भएको हो ।
सोहि अवसरमा बोल्दै कृषि शाखा प्रमुख धनराज गौतमले तुलसीपुरमा खेतीयोग्य जमिन १७ हजार २१२ हेक्टर र खेती गरिएको जमिन १४ हजार २२७ हेक्टर रहेको जानकारी दिनुभयो । तुलसीपुर क्षेत्रमा खेती योग्य तर खेती नगरेको १ हजार ९ सय ८५ हेक्टर रहेको जुन कृषि योग्य जमिनको ११.५ प्रतिशत रहेको उहाले बताउनुभयो ।साथै उहाले हाल धानको जम्मा उत्पादन क्षेत्रफल दश हजार १ सय ६६ हेक्टर रहेको र त्यसमा ४१ हजार ६ सय ८० मेट्रिक टन उत्पादन रहेको शाखा प्रमुख गौतमले बताउनुभयो । धान उत्पादनका लागी तुलसीपुरमा ५सय ८ मेट्रिक टन विउ आबश्यक पर्ने उहाको भनाई छ । कृषक यान्त्रिकरण वितरण सोहि अवसरमा कृषक ढुण्डिराज पराजुलीलाई कृषि यान्त्रिकरण सामग्री(मिनि ट्रेलर) पचास प्रतिशत अनुदानमा हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको साना कृषि यन्त्र उपकरण कार्यक्रम अन्र्तगत किसान पराजुलीलाई मिनि ट्रेलर पचास प्रतिशत अनुदानमा दिएको कृषि शाखा प्रमुख गौतमले जानकारी दिनुभयो । उक्त उपकरण नगरप्रमुख घनश्याम पाण्डेले हस्तान्तरण गर्नुभयो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।