२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुर १ मा जनप्रतिनिधि आईसकेपछि हालसम्म के-के काम भए (विस्तृतमा)

तुलसीपुर, १४ असार ।सिहदरवारको अधिकार गाउँगाउँ सम्म भन्ने मुल नाराका साथ देश संघिय संरचनामा गईसकेपछि २०७४ सालमा स्थानिय तहको निर्वाचन भयो । सोहि अनुसार अहिले देशभरका सात प्रदेशका सात सय ५३ वटा स्थानिय तहमा जनप्रतिनिधिहरुले नेतृत्व गरीरहेका छन् ।जनप्रतिनिधिले स्थानिय तहको निर्वाचन गर्न थालेको अहिले चार वर्ष पुरा भएको छ । चार वर्ष सम्म आईपुग्दा जनप्रतिनिधिले सडक,विद्युत,खानेपानी, सिचाई, स्वास्थ्य, शिक्षा,पुल नपुगेका ठाउँमा सडक,विद्युत,खानेपानी, सिचाई, स्वास्थ्य, शिक्षा र पुल निर्माण गरेका छन् । यद्यपी अझै कतिपय स्थानमा विकास निर्माणका काम गर्न बाँकी नै छन् ।

गाउँगाउँमा जनप्रतिनिधि हुदा नागरिकको सहजै पहुँच पुगेको छ । यसै अन्र्तगत तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ मा जनप्रतिनिधि आईसकेपछि थुप्रै गौरबका विकास निर्माणका काम भएका छन् । वडामा जनप्रतिनिधि आईसकेपछि धेरै जसो ठाउँमा सडकको नयाँ ट्रयाक खोलिएको छ भने विभिन्न ठाउँमा सडक नाला निर्माण गर्नुको साथै सडक कालोपत्रे गरिएको छ । वडामा जनप्रतिनिधि आईसकेपछि गाउँठाउँमा धेरै परिवर्तन भएको छ ।वडा नम्वर १ का वडा अध्यक्ष लक्ष्मण भण्डारीले दिएको जानकारी अनुसार वडामा विद्युत नपुगेको ठाउँ वयाले, दमारगाउँ, ठाटीगाउँ र काठेखोली सम्म विद्युत विस्तार भएको छ ।

ती ठाउँमा गत वर्ष विद्युत विस्तार भएको हो । यस्तैगरी वडाको च्युरीका वुटा देखी मख्खन टाकुरी हुदै कर्णाली प्रदेशको सल्यानको लुहाम सम्म सडकको नयाँ ट्रयाक खोलिएको अध्यक्ष भण्डारीले बताउनुभयो । त्यस क्षेत्रमा जनप्रतिनिधि आईसकेपछि सडक विस्तार भएको हो । यस्तैगरी कोइलाखानी देखी अविधारा हुदै शान्तिनगर गाउँपालिकाको वाघखोर स्कु्ल सम्म नयाँ ट्रयाक खोलिएको छ ।पाँच हजार ९ सय पाँच मिटर सडक नाला निर्माण वडाको माहादेव गिरीको घर देखी शान्तिनगर गाउँपालिका जोड्ने नया ट्रयाक निर्माण, हापुरकोट देखी अल्छी कोट सम्म नयाँ ट्रयाक निर्माण, गैरी खेत देखी डुडे खोला जोड्ने नयाँ ट्रयाक निर्माण, झरना टोल विकास संस्थाको फुर्सामाटा देखी च्युरीडाँडा हुदै सल्यानी डाँडा सम्म नयाँ ट्रयाक निर्माण गरिएको छ । यस्तैगरी वडाको विभिन्न स्थानमा पक्की नाला गरिएको छ । जुन वडाका विभिन्न स्थानमा जम्मा पाँच हजार ९ सय पाँच मिटर सडक नाला निर्माण गरिएको छ ।
चार हजार चार सय चौसठ्ठी मिटर सडक कालोपत्रे
यस्तै वडामा सडक कालोपत्रे सहित पक्की नाला दुवै तर्फ दुई हजार तिन हजार मिटर निर्माण गरिएको छ । यस्तै वडामा चार हजार चार सय चौसठ्ठी मिटर सडक कालोपत्रे गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभएको छ । वडामा जनप्रतिनिधि आईसकेपछि विभिन्न स्थानमा वाटो स्तरउन्नती सहित ग्राभेल गर्ने काम गरिरएको छ । वडामा खानेपानी तर्फ सुन्धारा भगवती टोल विकास संस्था वाहेक अन्य २० टोलमा एक घर एक धारा पुगेको छ ।
टेलिकमको टाव निर्माण
यो पनि एउटा महत्पुर्ण काम भएको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाका अनुसार पुर्वाधार विकास तर्फ रामनगर टोल विकास संस्थामा सुविधा सम्पन्न ज्येष्ठ नागरिक भवन निर्माण सम्पन्न, उपकार टोलविकास संस्थामा योगा भवननिर्माण सम्पन्न, वडा कार्यालको वडा भवन र पर्खाल निर्माण सम्पन्न, उत्तर कुमार वाटिका निर्माण सम्पन्न, मनकामना मन्दिर भवन निर्माण सम्पन्न, विभिन्न सडकहरुमा ७ वटा कल्र्भट निर्माण सम्पन्न, .बाघखोरमा नेपाल दुरसंचार प्राद्यिकरण अन्र्तगत नमस्तेको टावर निमार्ण सम्पन्न र झरना टोलमा खोप किल्नीक निर्माण सम्पन्न भएको छ । यस्तै कतिपय योजनाहरु अहिले निर्माधिन अवस्थामा रहेका छन् । जसमा मनकामना मन्दिर देखीपश्चिमतर्फ वनभोज स्थल, मदन भण्डारी रङशाला निर्माणाधिन अवस्थामा रहेको छ ।
तिन सय पन्ध्र मिटर पक्की सिचाई कुलो
वडामा जनप्रतिनिधि आईसकेपछि सिचाई तर्फ पनि थुप्रै महत्वपुर्ण विकास निर्माणका महरु भएका छन् । वडाको छोटे कुलो सिचाई कुलो तिन सय पन्ध्र मिटर पक्की भएको छ । यस्तै सिरकट्टी सिँचाई कुलो दुई हजार आठ सय सहत्तरी मिटर पक्की निर्माण भएको छ । वडाको गौरवको आयोजना मदन भण्डारी खेल मैदान निर्माण भएको छ । जहाँ सुविधा सम्पन्न वाथरुम सहितको शौचालय निर्माण सम्पन्न भएको छ ।
वडाका २१ टोल मध्ये १८ टोलमा खरको छानो विस्थापित
वडाको शिक्षा तर्फ वडाका विभिन्न सामुदायिक विद्यालयमा भौतिक संरचना निर्माण भएका छन् । जसमा विरेन्द्र मा.वि भ्युडर सुन्पुर र आधारभुत विद्यालय छोटेमा सुविधा सम्पन्न अपाङगमैत्री शौचालय निर्माण सम्पन्न, प्राथमिक बिद्यालय कुमालगाँउमा स्वच्छ पिउने पानी सहित पर्खाल निर्माण भएको छ भने लक्षित वर्गहरुको उत्थान र हितका लागी भन्दै उन्नत जातका वंगुर र वाख्राका पाठापाठी वितरण तथा युवा तथा वालवालीकालाई खेलकुद सामाग्री वितरण गरिएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिकालाई खरको छानो मुक्त बनाउने लक्ष्य अनुसार वडाका २१ टोल मध्ये १८ टोलमा खरको छानो विस्थापित गरि जस्ता पाता वितरण गरिएको भने कृषि तर्फ कृषकहरुलाई स्प्रे टंकी विउविजन आधुनिक कृषि सामाग्री वितरण,वेमौसमी कृषि खेतीका लागी कृषकहरुलाई तालीम तथा टनेल वितरण,कृषकहरुलाई फलफुल खेतीमा आर्कषण गर्ने उद्देश्यले विभिन्न जातका फलफुलका वोट विरुवा वितरण गरिएको छ । यस्तै कृषकहरुलाई राहात हुने गरी विभिन्न खाले कृषि आधुनिकीकरण सामग्रीमा पचास प्रतिशत अनुदानमा दिने गरिएको छ ।

प्रकाशित मिति : २०७८ असार १४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।