२०८३ मङ्सिर ९ गते बुधवार

भोको पेटका लागि राहत अभियानद्धारा मेयरलाई जानकारी

तुलसीपुर, ७ असार । भोको पेटका लागि राहत अभियानले तुलसीपुर उपमहानगरपालिकालाई जानकारी गराएको छ । अभियानका संयोजक पदम पोख्रेल (जेठुकान्छु)ले नगर प्रमुख घनश्याम पाण्डेलाई राहतका लागि आएको रकम र खाद्यन्न वितरण गरिएको वडाको विषयमा जानकारी गराउनु भएको थियो ।

अभियन्ता पोख्रेलले ओरेन्टो मल्टिटे«ड प्रालिबाट एक लाख, सुरेश धितालबाट १८ हजार ३ सय २० र कमला आचार्यबाट १० हजार सहित कुल एक लाख २८ हजार ३ सय २० रुपैयाँबाट ९९ घर परिवारलाई राहत वितरण गरिएको जानकारी गराउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका अन्र्तगत रहेका ४ मा १ जना, ५ मा २६जना, ६मा २३ जना, ७ मा ५ जना, १३मा २२ जना, १४ मा १२ जना, १५ मा ९ जना र १६ मा १ जना विपन्न तथा गरिब परिवारलाई खाद्यन्न वितरण गरिएको अभियानमा सक्रियरुपमा लाग्नु भएका सुनिल आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।