तुलसीपुर, २१ बैशाख । दाङमा लकडाउनको आज पाचौँ दिन । गएको बैशाख १७ गते देखी जिल्लामा लकडाउन जारी छ । सुरुका दिनमा विहान देखी बेलुकी सम्म सुनसान बनेको तुलसीपुर बजार क्षेत्र पाचौँ दिन सम्म आईपुग्दा केहि चहल पहल सुरु भएको देखीन्छ ।
प्रशासनले कलडाउन अवधी दैनिक विहान सात देखी आठ बजे सम्म अत्यवाश्यक खाद्यन्न पसल खुला गरेपनि सुरुका दिनमा तुलसीपुरमा बजारमा पसल खुला गरेको देखीएन । तर चौथो दिनबाट तोकिएको समयमा पसलहरु खुल्न थालेका छन् । जसले गर्दा उक्त समयमा मानिसहरुको आवतजावत पनि हुने गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागी जिल्लाव्यापी रुपमा लकडाउन गरिएको छ ।लकडाउन आउदो बैशाख २५ गते बेलुकी छ बजे सम्म जारी रहनेछ ।
प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।