तुलसीपुर, १६ बैशाख । कोरोनाको संक्रमण र मृत्युदर बढ्न थालेपछि तुलसीपुरका व्यापारीले धमाधम पसल बन्द गर्न थालेका छन् ।
जिल्ला संकट कोभिड व्यवस्थापन केन्द्रले जिल्लामा बैशखा १७ गतेदेखि २५ गतेसम्म लकडाउनको घोषणा गरेपनि व्यापारीले भने दुईचार दिन अघिदेखि पसल बन्द गर्न थालेका हुन । यस अघि पसल बन्द गर भन्नु पर्ने स्थिति थियो ।
तुलसीपुरमा दोस्रो लहरमा कोरोना संक्रमितको संख्या ४६० पुगेको छ । जसमध्य २१ जना कोरोना निको भएर घरमा फर्किसकेका छन् । त्यसैगरी मृत्यु हुनेको संख्या १० पुगेको छ ।




प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।