२०८३ भाद्र १० गते बुधवार

तुलसीपुरमा थप ३२ जना कोरोना संक्रमण मुक्त

तुलसीपुर, १३ मंसीर । तुलसीपुरका थप ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।शुक्रवार तुलसीपुर वडा नम्वर १ २ जना, वडा नम्वर ३ का १ जना, वडा नम्वर ५ का ६ जना , वडा नम्वर ६ का १० जना, वडा नम्वर ७ का ३ जना, वडा नम्वर ८ का १ जना, वडा नम्वर ९ का १ जना, वडा नम्वर १० का १ जना, वडा नम्वर ११ का १ जना, वडा नम्वर १२ का २ जना, वडा नम्वर १४ का १ जना, वडा नम्वर १५ का १ जना र वडा नम्वर १८ का ३ जना गरी १४ महिला र १८ जना पुरुष कोरोनामुक्त भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

यो संगै संक्रमण मुक्त हुनेको संख्या ५९५ पुगेको छ । अझै १३१ जना सक्रिय संक्रमितको संख्या रहेको छ । यस्तैगरी शुक्रवार थप १० जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट स्वाव संकलन गरी कोरोना परिक्षण गर्दा तुलसीपुर ५ का १ जना, वडा नम्वर ६ का ४ जना, वडा नम्वर ७ का १ जना, वडा नम्वर ८का १ जना, वडा नम्वर १२ का १ जना, वडा नम्वर १६ का १ जना र वडा नम्वर १७का जनामा संक्रमण पुष्टि भएको फोकल पर्सन केसीले जानकारी दिएका छन् । यो संगै तुलसीपुरमा हाल सम्म संक्रमित हुनेको संख्या ७२६ पुगेको छ भने १२ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १३ गते शनिवार
प्रतिक्रिया