तुलसीपर, १० मसिंर ।तुलसीपुरमा अनाथ, अपाङ्गता र विपन्न वर्ग समुदायका ३२ घरधुरीलाई खाद्यान्न बितरण गरिएको छ ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १७ झिङ्गैका ३२ घरधुरीलाई चामल तेल बितरण गरिएको हो । राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालको हाम्रो सामाजिक अभियानको आयोजना तथा सहयोगी दाता तुलसीपुर ३ घर भई हाल विदेशमा रहदै आएका माधव गौतमको आर्थीक सहयोगमा खाद्यान्न बितरण गरीएको हो ।
उक्त बितरणमा राउटे लोपोन्मुख सिमान्कृत वर्ग उत्थान प्रतिष्ठानका लुम्बिनी प्रदेश सयोंजक ईश्वरा रोका, सामाजीक अभियान्ता तथा प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष यज्ञ बहादुर बुढा यस्तै विन्दु खड्का, टोप बहादुर गिरी र नन्दन रोका लगायतको सहभागीता रहेको थियो ।
प्रकाशित मिति : २०७७ मङ्सिर १० गते बुधवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।