तुलसीपुर, २ मंसीर । तुलसीपुरका दुई सय भन्दा बढि कोरोना संक्रमितले यस पालीको तिहार होम आईसोलेसनमा मनाएका छन् । कोरोना संक्रमण भएर होम आईसोलेसनमा बसेका उनीहरु मध्ये कतिपयले यस पटकको तिहारमा टिका समेत लगाउन पाएका छैनन ।
तुलसीपुरका २५३ सक्रिय संक्रमित मध्ये १४ दिन पुगेकाहरुले टिका लगाउन पाएका छन् भने १४ दिन नपुगेकाहरुले सामाजिक दुरी कायम गदै शुभकामना आदानप्रदान गरी तिहार मनाएक छन् । तुलसीपुर उपमहानगरपालिका कोभिड १९ का फोकल पर्सन बिमल केसीका अनुसार कोरोना संक्रमित मध्ये दुई जना नेपालगन्ज आईसियुमा उपचाररत छन् । उनीहरुले टिका लगाउन पाएनन् ।
यस्तै ६ जना संक्रमितले कोरोना विशेष अस्पताल बेलझुण्डीमा तिहार मनाएका छन् । फोकल पर्सन केसीका अनुसार होम आईसोलेसनमा बसेका २१ दिन पुगेका २१ जनाले टिका लगाएर तिहार मनाउन पाएका छन् । साथै होम आईसोलेसनमा बसेका तर दुई हप्ता नपुगेका २२४ संक्रमितले पनि होम आईसोलेसनमै तिहार मनाएका छन् । तुलसीपुरमा हाल सम्म ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ४०७ जना संक्रमणमुक्त भएका छन् ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।