२०८३ कार्तिक २० गते शुक्रवार

प्रदेश २ सरकारले चलाउने भयो सरकारी बस

काठमाडौ, २९ कात्तिक । प्रदेश २ सरकारले वीरगञ्ज र राजविराजलाई अस्थायी राजधानी जनकपुरसँग जोड्न सरकारी बस सञ्चालन गर्ने भएको छ ।भौतिक पूर्वाधार विकास मन्त्रालयले ५ वटा बस खरिद गरिसकेको छ ।बसको नाम ‘प्रदेश परिवहन’ राखिएको छ ।

आर्थिक बर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा प्रदेश सरकारले आफ्नै बस संचालन गर्ने जनाएको थियो । त्यसअनुसार जनकपुरधामबाट पूर्वी शहर राजविराज र पश्चिमी शहर वीरगञ्जमा बस सञ्चालन र्न लागिएको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले बताए ।

उनका अनुसार बस सञ्चालनसम्बनधी कार्यविधी तयार भइसकेको छ रु चाँडै बस सेवा सुरु हुनेछ । कार्यविधीमा सर्वसाधारणसँग लिइने भाडा दर, चालकसहितका कर्मचारी नियुक्त गर्ने प्रकृया, बस संचालन हुने ठाउँ र कुदने समय पनि निर्धारण गरिएको छ । सरकारी बसको भाडा सार्वजनिक यातायातभन्दा कम हुने मन्त्री सोनलले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक २९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।