२०८३ कार्तिक २० गते शुक्रवार

सिसहनियाँ देखि महदेवा, गढवा हुँदै लमही सम्म सार्वजनिक यातायात चल्यो

सिसहनियाँ २५ कार्तिक । यात्रुहरूको माग र समस्यालाई मध्यनजर गर्दै सोमबार देखि देउखुरीको सिसहनियाँ देखि नेपालको दोस्रो लामो राप्ती नदीको पुल हुँदै महदेवा, गढवाबाट लमही सम्मको सार्वजनिक यातायात चल्न शुरू भएको छ । त्रिशिद्धश्वरी राप्ती यातायात सेवा प्रालि र रोयल देउखुरी मिनी, माइक्रो तथा जीप समितीले सोमबार बिहानबाट सार्वजनिक यातायात चलाउन शुरू गरेको हो । सार्वजनिक यातायातका साधन चल्न थालेपछि स्थानीयहरू समेत खुसी भएको स्थानीय शान्तराज शर्माले बताएका छन् । अटोमा महँगो भाँडा तिरेर सिसहनियाँबाट गढवा सम्म जाने बाध्यता हटेको स्थानीयहरूले बताएका छन् । सोमबार विहान ७ बजे रा १ ज ५४७ नम्बरको जिप र रा १ ख ३९२९ नम्बरको माइक्रो बस छुटेको थियोे ।  सोमबार मात्रै १२ वटा गाडी छुटेको त्रिशिद्धश्वरी राप्ती यातायात सेवा प्रालिका इन्चार्ज दानबहादुर सुनारले जानकारी दिएका छन् । उनले अव यात्रुहरूको चापका आधारमा १५ वटा सम्म गाडी चलाउन सकिने बताएका छन् । गाडी सञ्चालनमा आए सँगै भाडादर समेत कायम गरिएको छ । जस अनुसार सिसहनियाँ देखि महदेवाको ३५ रूपैयाँ, सिसहनियाँ देखि गढवाको ६५ रूपैयाँ र सिसहनियाँ देखि लमहीको १०० रूपैयाँ भाडा दर कायम गरिएको इन्चार्ज सुनारले जानकारी दिएका छन् । सो रूटमा दैनिक विहान ७ बजे देखि बेलुका ६ बजे सम्म २०÷२० मिनेटमा गाडी छुट्ने बताइएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।