२०८३ भाद्र २४ गते बुधवार

बालश्रम मुक्त वडा घोषणा गरेर नमुना काम गरे : अध्यक्ष लामीछाने

तुलसीपुर, २४ कार्तिक / तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्ष नवराज लामीछानेले बालश्रम मुक्त वडा घोषणा गरेर तुलसीपुरमा नमुना योग्य काम गरेको बताएका छन् ।

करिब ३ दशक देखि बालबालिका तथा महिलाको क्षेत्रमा काम गर्दै आएका वडाध्यक्ष लामीछानेले १९ वटा वडा मध्य पहिलो पटक ६ नम्बर वडालाई बालश्रम मुक्त वडा घोषणा गरेर नमुना योग्य काम गरेको बताउदै सरोकारवाला निकायको सहयोग भएकाले पनि आफु सफल भएको बताए ।

६ नम्बर वडामा बजार क्षेत्र पनि पर्ने भएकाले व्यवस्थति सडक र ढल निकास प्रमुख चुनौति भएको बताउँदै हरेक दृष्टिकोणले वडालाई समृद्धिको बाटोमा अघि बढाउने गरि रनणनीतिक योजना बनाएर अघि बढेको बताए । प्रत्यक घरमा बिजुली, खानेपानी र सडक पु¥याउने योजना अहिले आफ्नो प्रथामिकतामा रहेको बताउदै सोही अनुसार काम गर्ने बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।